images
Logo
images

नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि  ‘एनआई ३१ योजना’ इकाई निष्काशन गर्ने

नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि  ‘एनआई ३१ योजना’ इकाई निष्काशन गर्ने

बिहिवार, साउन २२ २०८२
बिहिवार, साउन २२ २०८२
  • नबिल इन्भेष्टमेन्टले साउन ३० गतेदेखि  ‘एनआई ३१ योजना’ इकाई निष्काशन गर्ने

    काठमाडौँ / नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले साउन ३० गतेदेखि नबिल म्युचुअल फण्डअन्तर्गत दोस्रो खुलामुखी सामूहिक लगानी कोष योजना ‘एनआई ३१ योजना’को इकाई निष्काशन गर्ने भएको छ।

    images
    images

    २५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनामा १० रुपैयाँ अङ्कित दरमा २ करोड ५० लाख इकाईहरू निष्काशन गरिनेछ। यसमध्ये ३७ लाख ५० हजार इकाई व्यवस्थापक कम्पनीका लागि सुरक्षित राखिएको छ भने १ करोड १२ लाख ५० हजार इकाई पहिलो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

    सर्वसाधारण लगानीकर्ताले न्यूनतम् १०० इकाई देखि अधिकतम् २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। इकाईहरूमा आवेदन दिने अन्तिम म्याद छिटोमा भदौ ३ र ढिलोमा भदौ १३ सम्म रहनेछ।

    ‘एनआई ३१ योजना’ले पुँजीबजारमा बजारमा सूचीकृत ३१ वटा उत्कृष्ट (ब्लुचिप) कम्पनीहरूमा मात्र लगानी गर्नेछ, जसले आकर्षक दीर्घकालीन प्रतिफल दिने उद्देश्य राखेको छ।

    यसअघि नै सफलतापूर्वक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ‘नबिल इक्विटी फण्ड’ सञ्चालन गरिसकेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय