काठमाडौँ / नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा)द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को आज दोस्रो दिन हो ।
नेपाल प्रहरी क्लबको सगरमाथा हल, भृकुटीमण्डपमा सञ्चालन भइरहेको प्रदर्शनीको उद्घाटन उप-प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बुधबार गरेका हुन् ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ । पहिलो दिन नै प्रदर्शनीमा १५ हजार बढी अवलोकनकर्ताहरूको उत्साहजनक उपस्थिती रहेको आयोजकले जानकारी दिएको छ । प्रदर्शनी बिहान ११ बजे देखि बेलुका ८ बजे सम्म खुल्ला रहनेछ ।
सो अवसरमा अर्थमन्त्री पौडेलले आफूले भ्रमण गरि एक्स्पोको तयारी र व्यवस्थापन उत्कृष्ट रहेको भन्दै प्रशंसासमेत गरेका थिए । स्थापनाको केहि महिनामै यति ठूलो प्रदर्शनी गर्न सक्नुले नाइमाको क्षमता र कार्यकुशलता प्रमाणित गरेको बताउँदै उनले प्रदर्शनीको लागि शुभकामना व्यक्त गरेका थिए । नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै मन्त्री पौडेलले सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।
“गुणस्तरीय सडक पुर्वाधार विना यो अटो मोबाइल क्षेत्रमा जस्तोसुकै प्रदर्शनी गरेपनि त्यसको सहि सदुपयोग हुन सक्दैन, त्यसैले अहिले सरकारले गुणस्तरीय सडक पुर्वाधारलाई महत्व दिएको छ ।,” उनले भने ।
सो अवसरमा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र एक्स्पो समितिका प्रमूख शिरीष कुमार मुरारकाले नेपालको अर्थतन्त्रमा अटोमोबाइल उद्यमीहरूको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्त्वमाथि प्रकाश परेका थिए ।
“हामी नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो अटोमोेटिभ प्रदर्शनीको उद्घाटन गर्न भेला भएका छौं र यो क्षण हामी सबैका लागि अत्यन्तै विशेष छ । हामी सहकार्य, नवप्रवर्तन र दिगो वृद्धिमा केन्द्रित एउटा नयाँ अध्यायको सुरुवात गर्दैछौँ” अध्यक्ष सिंहले भनिन्, “मोबिलिटी क्षेत्र नेपालका लागि रोजगारी र आर्थिक वृद्धिको एउटा महत्वपूर्ण पक्ष हो। यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्छ र राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशतको योगदान पु¥याउँछ । हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ ।”
त्यस्तै, एक्स्पो समितिका अध्यक्ष मुरारकाले भने, हामीले सुरु गरेको एक्स्पो केवल सवारी साधन र प्रविधिको प्रदर्शनी यो सफा, स्मार्ट र समावेशी यातायात प्रणालीतर्पmको सामुहिक प्रतिवद्घताको सुरुवात हो । यो कार्यक्रम नेपालको मोविलिटी क्षेत्रको भविष्य निर्माण गर्ने साझा अभियान हो । आजबाट सुरु भएको ५ दिने एक्स्पो सफल बनाउन हामी तपाईहरुको निरन्तर साथ, सहयोग, र सहकार्यको अपेक्षा गर्दछौँ ।”