काठमाडौँ/ KTM Nepal ले Naima Mobility Expo 2025 को अवसरमा राजधानीको भृकुटी मण्डपस्थित स्टल D1, Hall ‘D’ मा आफ्ना ६ वटा नयाँ मोटरसाइकल मोडेलहरू सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएका मोडेलहरूमा 200 Duke (रू. ५,९९,९००), 250 Duke (रू. ७,१४,९००), 390 Duke (रू. ९,४९,९००), 250 Adventure (रू. ७,४९,९००), 390 Adventure (रू. १०,७४,९००) र 390 Enduro R (रू. ९,९९,९००) रहेका छन्।
यी सबै मोडेलहरू आक्रामक डिजाइन, नवीनतम प्रविधियुक्त फिचरहरू र दमदार परफरमेन्सका साथ प्रस्तुत गरिएका छन्, जसले सडक तथा अफ-रोड दुवै यात्राका लागि उच्च क्षमताको अनुभव प्रदान गर्नेछ।
६ देखि १० श्रावणसम्म सञ्चालन हुने उक्त एक्स्पोमा KTM का नयाँ बाइकहरू नजिकबाट हेर्ने, अनुभव गर्ने र जानकारी लिने विशेष अवसर उपलब्ध गराइएको छ। KTM Nepal ले बाइकप्रेमीहरूलाई आफ्नो स्टलमा उपस्थित भई नयाँ मोडेलहरूको प्रत्यक्ष अनुभव लिन आग्रह गरेको छ।