images
Logo
images

सामसङ नेपालको ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर अफर

सामसङ नेपालको ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर अफर

बिहिवार, साउन २२ २०८२
बिहिवार, साउन २२ २०८२
  • सामसङ नेपालको ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर अफर

    सामसङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याकडमार्फत सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोनहरू अब नेपालमा पनि प्रि-अर्डरका लागि उपलब्ध भएका छन् । 

    images
    images

    सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर २०८२ साउन २२ देखि २९ गते सम्म खुला रहने घोषणा गरेको छ ।

    सामसङको अहिलेसम्मकै सबभन्दा पातलो र हलुका फोल्ड, ग्यालेक्सी जेड फोल्ड७ मा अत्याधुनिक डिजाइन, दमदार क्यामेरा र ग्यालेक्सी एआईको स्मार्ट फिचर्सहरु समावेश छन्। ठुलो डिस्प्ले, फ्लेक्स मोड, मल्टिटास्किंग, र ब्याट्रीमा सुधारले यो जेड फोल्ड सिरिजलाई अझ उपयोगी बनाएको छ ।

    नयाँ संस्करणमा अझ राम्रो हिन्ज, तेज प्रोसेसर, उज्यालो स्क्रिन र २०० मेगापिक्सेल एआई इन्ह्यान्स्ड क्यामेरा प्रणाली समावेश गरिएको छ ।

    नयाँ फोल्ड र फ्लिप दुवैमा जेमिनी लाइभ फिचर पनि उपलब्ध छ, जसले ठुलो स्क्रिनमा स्क्रीन सेयरिङ र रियल टाइम सपोर्ट सम्भव बनाउने कम्पनीको दावी छ । साथै क्यामेरा मार्फत कुनै पनि वस्तुलाई देखाएर न्याचुरल, संवादात्मक प्रश्न सोधी  प्रयोगकर्ताले तुरुन्त जवाफ पाउनेछन् ।

    ग्यालेक्सी जेड फ्लिप७ अब झनै पातलो, टिकाउ र पोर्टेबल बनेको छ । अबको फ्लेक्सविन्डो अझ ठुलो र प्रयोग गर्न सजिलो छ । यसमा प्रिमियम क्यामेरा, राम्रो स्ट्याबिलाइजेसन, सटीक रङ, र लामो ब्याट्री लाइफ उपलब्ध छन् ।

    जेमिनी एआईको मद्दतले यात्रा वा व्यस्त दिनमा लेख्न, अनुवाद गर्न र काम मिलाउन सहज बनाउँछ । 

    साथै, क्रिएटिभ प्रयोगकर्ताहरूका लागि एकदम उपयोगी नयाँ स्केच तु इमेज  फिचरको साथ प्रयोगकर्ताले बनाएको स्केचलाई तुरुन्तै आकर्षक भिजुअलमा रूपान्तरण गर्न सकिन्छ ।

    सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भने, “ग्यालेक्सी जेड सिरिजले प्रविधिमा मात्रै होइन, मानिसहरूले स्मार्टफोन प्रयोग गर्ने तरिकामा पनि नवीनता ल्याएको छ । पावरफुल मल्टिटास्किङ, झनै इमर्सिभ डिस्प्ले र बलियो टिकाउपनका साथ यी फोल्डेबलहरूले प्रयोगकर्तालाई बढी गर्न, आफूलाई व्यक्त गर्न र मोबाइल अनुभवलाई अझ लचिलो बनाउन सहयोग गर्छन् । हामी नेपाली ग्राहकहरूले यसलाई कसरी अपनाउनुहुन्छ भन्ने कुरामा उत्साहित छौँ ।”

    ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को २५६जीबी भेरियन्टहरू नेपालमा साउन २२ देखि २९ सम्म प्रि–अर्डरका लागि उपलब्ध हुनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय