images
Logo
images

चीनसँग व्यापार विच्छेद : नाकामा अड्किएका कन्टेनर ल्याउनै सकस, चाडबाडमा मूल्यबृद्धि हुन सक्ने

चीनसँग व्यापार विच्छेद : नाकामा अड्किएका कन्टेनर ल्याउनै सकस, चाडबाडमा मूल्यबृद्धि हुन सक्ने

चीनबाट आयात हुने स्याउ, लसुन, ओखरलगायत रेडिमेड कपडाहरू आयातमा समस्या भएपछि त्यसले चाडपर्वमा यी बस्तुको मूल्य बढ्न सक्ने सम्भावना

बिहिवार, साउन २२ २०८२
बिहिवार, साउन २२ २०८२
  • चीनसँग व्यापार विच्छेद : नाकामा अड्किएका कन्टेनर ल्याउनै सकस, चाडबाडमा मूल्यबृद्धि हुन सक्ने

    काठमाडौँ / गत असार २४ मा तिब्बतको लेहेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीका कारण नेपाल–चीन जोड्ने मित्तेरी पुल बगाएसँगै उत्तरी छिमेकतर्फको प्रमुख व्यापारिक नाका रसुवागढी ठप्प छ ।

    images
    images

    यो नाका ठप्प भएसँगै चीनबाट सामान आयात गर्ने व्यापारीहरूलाई सामान आयात गर्नै सकस हुन थालेको छ । नेपाल हिमालय सिमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार रसुवागढीबाट चीनसँग हुने व्यापार विच्छेद भएपछि नाकामा अड्किएका सामान बोकेका कन्टेनरहरू अहिलेसम्म पनि अस्तव्यस्त अवस्थामा छन् ।

    कतिपय सामान तातोपानी नाकातर्फ पठाइएको भए पनि अहिलेसम्म नेपाल आउन नसकेको उनले बताए । 

    “लत्ता कपडा, फलफूल लगायत करोडौँल रुपैयाँको सामान अहिलेसम्म पनि नाकामै रोकिएको छ । विशेषगरी तीज, दशैँ र तिहारका लागि आयात गर्न लागिएका सामानहरू नाकामै रोकिएका छन् । अबको केहीदिन भित्र ती बस्तहरूलाई नेपाल ल्याउन नसके सिजन आउट हुनुका साथै कुनै सामानहरू कुहिने, सड्ने वा विग्रेर जाने सम्भावना रहेको छ,”उनले भने ।

    विशेषगरी चीनबाट आयात हुने स्याउ, लसुन, ओखरलगायत रेडिमेड कपडाहरू आयातमा समस्या भएपछि त्यसले चाडपर्वमा यी बस्तुको मूल्य बढ्न सक्ने सम्भावना रहेको उनले बताए । 

    अहिले तातोपानी नाकाबाट नेपाल–चीन जोड्ने बाटोमा पनि भोटेकोशी गाउँपालिका–२ कोदारीमा गएको पहिरोले एक सातादेखि यातायात अवरुद्ध हुँदा तातो पानीबाट हुने व्यापारिक कारोबार समेत प्रभावित भएको छ । यसले व्यवसायीहरुलाई समान आयात गर्न झनै सकस भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय