काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक १८.३० अङ्कले उकालो लागेर दुई हजार ८५०.३७ मा पुगेको छ। ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६१ अङ्कले उकालो लागेर ४९०.१६ मा पुगेको छ । कूल २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयर रु. ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ मूल्यमा खरिद बिक्री भएको छ।
बिहीबार अधिकांश समूहको परिसूचक उकालो लागेको छ । आज सबैभन्दा बढी वित्त समूहको परिसूचक १.३८ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन १.१२ प्रतिशत र अन्य समूह १.०३ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, बिमा, लघुवित्त, म्युचुअल फण्ड र व्यापारलगायतका उपसमूहको परिसूचक भने सामान्य बढेको छ ।
नेप्सेकाअनुसार सिक्लेस हाइड्रोपावर, बरुण हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायवल समृद्धि योजना र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।
यस्तै, उन्नति सहकार्य लघुवित्त, समाज लघुवित्त, सान्भी इनर्जी, मैलुङ खोला हाइड्रोपावर र नबिल डिवेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।कारोबार भएका कूल ३१८ कम्पनीमध्ये १८७ कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, ६२ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा अन्यको भने स्थिर छ ।
कारोबारका आधारमा लिवर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालय रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छन् । आजको कारोबारपछि कूल बजार पुँजीकरण रु ४७ खर्ब ५७ अर्ब ७६ करोड बराबर पुगेको छ ।