images
Logo
images

प्रस्तावित मिडिया काउन्सिल विधेयकप्रति नेपाल मिडिया सोसाइटीको आपत्ति

प्रस्तावित मिडिया काउन्सिल विधेयकप्रति नेपाल मिडिया सोसाइटीको आपत्ति

बुधवार, साउन २१ २०८२
बुधवार, साउन २१ २०८२
  • प्रस्तावित मिडिया काउन्सिल विधेयकप्रति नेपाल मिडिया सोसाइटीको  आपत्ति

    काठमाडौँ/ नेपाल मिडिया सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयकप्रति गम्भीर सरोकार व्यक्त गरेको छ । 

    images
    images

    काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्दै सोसाइटीले विधेयकबारे गहिरो बहस तथा सुझाव संकलनको उद्देश्य लिएको जनाएको छ । 

    कार्यक्रमको अध्यक्षता नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालले गरेका थिए । भने सञ्चालन महासचिव बोधराज त्रिपाठीले गरे । विषय प्रवेश कार्यक्रम संयोजक धर्मराज भुसालले गरेका थिए । 

    अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय तारानाथ दाहाल र शिव गाउले, महासंघका महासचिव रामप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, अधिवक्ता रमण कर्ण र कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले आ–आफ्ना धारणा राख्दै प्रस्तावित विधेयकका विविध पक्षमाथि टिप्पणी गरे । 

    वक्ताहरूले मिडियाको स्वतन्त्रता, स्वनियमन र उत्तरदायित्वको सन्दर्भमा प्रस्तुत विधेयक नियमनभन्दा बढी नियन्त्रणमुखी देखिएको भन्दै गम्भीर आपत्ति जनाएका थिए । 

    वर्तमान अवस्थामा विधेयक ल्याउन नहुने र यो मिडिया स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अतिक्रमण हुने चिन्ता व्यक्त गरिएको छ । 

    उक्त अन्तरक्रियामा नेपाल मिडिया सोसाइटीका उपाध्यक्ष महेश स्वाँर, सचिव नवराज कुँवर, कोषाध्यक्ष डा। जनकराज पन्त, र राष्ट्रिय दैनिकका प्रधान सम्पादक डा। बालकृष्ण चापागाईलगायत सम्पादक, सञ्चारकर्मी तथा विज्ञहरूको उपस्थिति थियो।

    नेपाल मिडिया सोसाइटीले मिडिया काउन्सिल विधेयकका विषयमा सरोकारवालासँग थप परामर्श गर्दै आवश्यक संशोधनका लागि सरकारसमक्ष औपचारिक धारणा पेश गर्ने तयारी गरेको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय