वासिङ्टनले रुसी तेल खरिद गरेको भन्दै अमेरिकी कर वृद्धि गर्ने धम्की दिएपछि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बुधबार मस्को पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विश्लेषकहरूका अनुसार भारतले रुसी सैन्य उपकरण र तेल खरिद गरेकोमा ट्रम्पको आक्रोशले नयाँ दिल्ली र मस्कोबीच शीतयुद्धदेखि नै ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहेको तथ्यलाई नजरअन्दाज गरेको छ ।
भारत रुसी तेलको एक प्रमुख क्रेता हो र रूसका लागि तेल युक्रेनमा मस्कोको सैन्य आक्रमणको लागि राजस्व सङ्कलन गर्ने एक प्रमुख स्रोत हो।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी तेल खरिदमा भारतीय आयातमा कर वृद्धि गर्नेबारे विचार गरिरहेको बताएका छन् । यस विषयले नयाँदिल्लीले ठूलो झड्का महसुस गरेको देखिन्छ ।
द हिन्दू पत्रिका र एनटीडीभीले सुरक्षा प्रमुख अजित डोभालले मङ्गलबार राति मस्कोको भ्रमण गरेको बताएका छन् ।
डोभालको मस्को भ्रमण अमेरिकी राजदूत स्टिभ विटकोफको भ्रमणसँग मिल्दोजुल्दो छ । उनले रुसी नेतृत्वसँग पनि भेट्ने तयारी गरेका छन् ।
ट्रम्पले रुसलाई युक्रेनमा आक्रमण रोक्न वा नयाँ सजाय भोग्न शुक्रबार सम्मसमय दिएका छन् ।
भारतको विदेश मन्त्रालयले रुसी तेल खरिद रोक्न अमेरिकी दबाब ‘अनुचित र अन्यायपूर्ण’ भएको भन्दै भारतले आफ्नो हितको रक्षा गर्ने बताएको छ ।
नयाँदिल्लीले ‘युक्रेनमा रूसी आक्रमण सुरु भएपछि परम्परागत आपूर्तिहरू युरोपमा डाइभर्ट भएकाले रूसबाट आयात गर्न सुरु गरेको’ तर्क गरेको थियो।
क्यापिटल इकोनोमिक्सका शिलन शाहका अनुसार भारतले सिद्धान्ततः अन्य आपूर्तिकर्तालाई तुलनात्मक रुपमा सहज आर्थिक प्रभावसहित भेट्न सक्छ तर, राजनीतिक रुपमा यो चुनौती हुनेछ ।
“आन्तरिक रूपमा, ट्रम्पको मागलाई बेवास्ता गर्नु राम्रो हुनेछैन”, शाहले एक सन्देशमा भने, “नीति निर्माताहरू रूससँग सामान्यतया सौहार्दपूर्ण र लामो समयदेखिको सम्बन्धलाई तोड्न अनिच्छुक हुनेछन्।”
यसैबीच, युक्रेनले मङ्गलबार रुसमा प्रहार गरिएका रुसी ड्रोनमा भारतनिर्मित पार्टपुर्जा फेला परेको बताइउको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले टेलिग्राममा एक पोस्टमा भनेका छन्, “हामीले रुसीहरूलाई अन्य देशबाट सामग्री प्राप्त गर्ने क्षमताबाट बञ्चित गर्नुपर्छ र युक्रेनीहरूको हत्या रोक्नुपर्छ।”
‘स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट’को तथ्याङ्कअनुसार सन् २००९ देखि २०१३ को बीचमा रुसले भारतलाई ७६ प्रतिशत सैन्य उपकरण निर्यात गरेको थियो ।
हालैका वर्षहरूमा यो प्रतिशतमा उल्लेखनीय गिरावट आएको छ, भारत अझै पनि प्रमुख सैन्य उपकरणका लागि रूसमा निर्भर छ ।