images
Logo
images

बजाज अटोद्वारा नेपालमा नयाँ चेतक ३५०१ ल्यायो, विद्युतीय मोबिलिटीमा नयाँ बेन्चमार्क

बजाज अटोद्वारा नेपालमा नयाँ चेतक ३५०१ ल्यायो, विद्युतीय मोबिलिटीमा नयाँ बेन्चमार्क

सोमवार, साउन १९ २०८२
सोमवार, साउन १९ २०८२
  • बजाज अटोद्वारा नेपालमा नयाँ चेतक ३५०१ ल्यायो, विद्युतीय मोबिलिटीमा नयाँ बेन्चमार्क

    काठमाडौं/ नेपालमा अत्याधुनिक विद्युतीय स्कुटर चेतक घछण्ज्ञ को घोषणा भएको छ । विश्वकै सबैभन्दा प्रचलित दुई–पांग्रे र तीन–पांग्रे सवारी साधन निर्माता कम्पनी बजाज अटो लिमिटेडले यस्तो घोषणा गरेको हो । विगत ७५ वर्षदेखि उत्कृष्ट डिजाइन र प्रविधि भएका गुणस्तरीय उत्पादनहरू गरिरहेको कम्पनीले चेतक बजारमा ल्याएको छ । 

    images
    images

    यो कोसेढुङ्गा कार्यक्रमले भारत बाहिर चेतकको यो नयाँ पुस्ताको नवप्रवर्तनको सुरुवातलाई दर्शाउँछ, जसले विश्वव्यापी बजारहरूको लागि स्वच्छ, दिगो गतिशीलताप्रति बजाज अटोको रणनीतिक प्रतिबद्धतालाई व्यक्त गरेको कम्पनीले जनाएको छ । 

    विद्युतीय मोबिलिटीमा नयाँ बेन्चमार्क सेट गर्दै

    ३.५ kWh ब्याट्री क्षमतासहितको चेतक 3501 ले एकपटक चार्ज गर्दा १५३ किमीको अद्वितिय रेञ्ज प्रदान गर्छ  । 

    जुन नेपालका शहरी र suburban भौगोलिक विविधताका लागि ideal छ। यसको फास्ट चार्जिङ प्रविधिले प्रयोगकर्तालाई थप सहजता प्रदान गर्ने छ । स्कुटरलाई ३ घण्टामा ८० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीले दाबी दिएको छ । 
    अतुलनीय स्टाइल र स्मार्ट फिचरको संयोजन

    पूर्ण मेटल बडी र  IP67 वाटर–रेसिस्टेन्ससहित, चेतक ३५०१ ले नेपालको विविध मौसममा पनि भरपर्दो  ठानिएको छ । 

    नयाँ फ्लोरबोर्ड ब्याट्री डिजाईनका कारण ३५ लिटरको अन्डर–सिट स्टोरेज ( EV सेग्मेन्टमै सबैभन्दा ठूलो) ले स्पेस र कम्फर्ट दुबै बढाउँछ।

    TecPac ऐड–अन को साथमा, चालकहरुले यी स्मार्ट फिचरहरू अनलक गर्न सक्नेछन् । 
     जस्तै, म्याप, म्युजिक कन्ट्रोल, डकुमेन्ट स्टोरेज, र कल ह्यान्डलिङ सहितको  स्मार्ट FTouch टचस्क्रिन कन्सोल। 

    यस्तैगरी रिमोट इम्मोबिलाइजेशन, गाइड–मी–होम लाइट, जियो–फेन्सिङ, एन्टि–थेफ्ट र एक्सिडेन्ट डिटेक्सन जस्ता एड्भान्स्ड सुरक्षा प्रविधिहरुले थप आश्चर्य बनाउँछ ।  


    लन्चको बारेमा बोल्दै बजाज अटो लिमिटेडका ASIA क्षेत्रका उपाध्यक्ष मनीष थपारले भने, “नेपालमा चेतकको लन्चले भारतबाहिर पनि विद्युतीय दुई–पांग्रे बजारमा हाम्रो निरन्तर प्रगतिको गतिलाई प्रतिनिधित्व गर्दछ। 

    यो मोडेल क्लासिक चेतकको सुन्दरता र स्मार्ट टेक्नोलोजीको अद्वितीय संयोजन गर्दै आजका प्रविधिमैत्री युवा राइडरहरूको लागि डिजाइन गरिएको भनिएको छ । 

    यो सुरुवातसँगै, हामी नेपालमा  EV अनुभवलाई उत्कृष्टताको नयाँ आयाम ल्याउन पाउँदा खुसी लागेको उपाध्यक्ष थपारले बताए ।

    गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “चेतक घछण्ज्ञ को पहिलो अन्तर्राष्ट्रिय लन्चको रुपमा हामी बजाज अटोसँग साझेदारी गर्दै चेतक लाई नेपालमा ल्याउन पाउँदा गर्व महसुस गरिरहेका छौं। 

    यो केवल विद्युतीय मोबिलिटीमा मात्र नभई विश्वको सबैभन्दा विश्वसनीय अटोमोटिभ ब्रान्डहरू मध्ये एकसँगको हाम्रो लामो समयदेखिको हाम्रो साझेदारी लागि पनि एक महत्त्वपूर्ण कोसेढुङ्गा हो। चेतकले स्मार्ट प्रविधि, गुणस्तर, र वातावरणीय जिम्मेवारीको उत्तम मिश्रण प्रदान गर्दछ जुन नेपाली राइडरहरुसँग गहिरो रूपमा प्रतिध्वनित हुन्छ।  

    उनले भने, हामी विश्वस्त छौं कि यसले नेपालमा शहरी यात्रालाई पुनः परिभाषित गर्नेछ र सफा, दिगो भविष्यतर्फ परिवर्तनलाई नेतृत्व गर्नेछ।”

    अब काठमाडौंमा उपलब्धः
    चेतक अब काठमाडौंको आधिकारिक डिलरशिपमा बुकिङको लागि उपलब्ध गराएको छ । एक्स–शोरूम मूल्यः रु ३ लाख २४ हजार ९ सय तोकिएको छ  । डेलिभरी ‘‘ २०२५ बाट सुरु हुनेछ।

    बजाज अटो लिमिटेडको बारेमाः

    १०० भन्दा बढी देशहरूमा २ करोड १० लाखभन्दा बढी मोटरसाइकल बिक्री गरेको बजाज ब्रान्ड साँच्चिकै “विश्वको रोजाइ बनेको देखिन्छ । 

    यो भारतको नम्बर १ मोटरसाइकल निर्यातकर्ता हो कम्पनी हो । अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने तीन मध्ये दुई बाइकमा बजाज पर्ने कम्पनीले आफ्नो विज्ञप्तिमा उल्लेख गर्दै आएको छ । 

    यो कम्पनी विश्वको सबैभन्दा ठूलो तीन पाङ्ग्रे सवारी साधन निर्माता पनि हो। बजाज अटो विश्वको पहिलो दुई पाङ्ग्रे कम्पनी हो जसले INR एक ट्रिलियनको बजार पूँजीकरण पुर्‍याएको छ र विश्वको सबैभन्दा मूल्यवान दुई पाङ्ग्रे कम्पनी बन्न निरन्तर लागिरहेको छ। 

    बजाज अटोले विद्युतीय दुई/पांग्रे सवारी साधनहरू डिजाइन, निर्माण र आधिकारिक डिलरहरूमार्फत बिक्री तथा सेवा प्रदान गर्दै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय