images
Logo
images

प्रधानमन्त्री ओलीलाई परराष्ट्रविद् डा.पाण्डेको सुझावः स्थलमार्गबाट भारत भ्रमणमा जानुस्,  भारतको विकास हेर्नुस्

प्रधानमन्त्री ओलीलाई परराष्ट्रविद् डा.पाण्डेको सुझावः स्थलमार्गबाट भारत भ्रमणमा जानुस्,  भारतको विकास हेर्नुस्

सोमवार, साउन १९ २०८२
सोमवार, साउन १९ २०८२
  • प्रधानमन्त्री ओलीलाई परराष्ट्रविद् डा.पाण्डेको सुझावः स्थलमार्गबाट भारत भ्रमणमा जानुस्,  भारतको विकास हेर्नुस्

    काठमाडौं/ राजधानीमा भएको एक साक्षत्कार कार्यक्रममा परराष्ट्रविद् निश्चलनाथ पाण्डेले प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमण स्थलमार्गबाट गर्न सुझाव दिएका छन् ।

    images
    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको १० वर्षे नेतृत्वमा भारतले गरेको प्रगति आफ्नै आँखाले हेर्न भनेका छन् । 
    अहिले भारतको काश्मिरमा पर्यटन क्षेत्रको अभिवृद्धि भएको, विभिन्न देशका पर्यटकहरु त्यहाँ जान थालेको र बाह्य लगानी पनि बढेको छ, उनले भने, भारतीय प्रधानमन्त्री मोदीको १० वर्षे नेतृत्वमा त्यहाँ भएका विकासको अवलोकन गर्नुस् ।

    उनले भने, ‘म आग्रह गर्दछु सम्माननीय प्रधानमन्त्रीज्यूसित, नेपाल सरकारसित यो भ्रमण स्थलमार्गबाट होस् । हवाई मार्गबाट होइन । चाहे भैरहवाबाट होस्, चाहे रक्सौलबाट होस् तर, स्थलमार्गबाट होस् । 
    उहाँले पनि देख्नुहुनेछ, उत्तर प्रदेश, विहारको तीब्र विकास । 


    सडक सञ्जालबाट, रेल सञ्जालबाट विगत १० वर्षमा विकास भएको छ । मोदी सरकार आएपछि १० वर्षमा जुन विकास भएको छ उत्तर भारतमा । त्यो लोभ लाग्दो विकास भएको छ,’– उनले भने । 
    साथै, अहिले नेपालमा राजनीति, अर्थतन्त्र, सामाजिक क्षेत्रलगायतमा नयाँ पिँढी आइरहेको उनले बताए । त्यो नयाँ पिँढीलाई नेपाल–भारत सम्बन्धसित नजिक बनाउनुपर्ने उनले बताए ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय