images
Logo
images

खानेपानी मन्त्री प्रदीप यादवको उपस्थितिमा कजारियाको नयाँ सोरुम वीरगंजमा

खानेपानी मन्त्री प्रदीप यादवको उपस्थितिमा कजारियाको नयाँ सोरुम वीरगंजमा

सोमवार, साउन १९ २०८२
सोमवार, साउन १९ २०८२
  • खानेपानी मन्त्री प्रदीप यादवको उपस्थितिमा कजारियाको नयाँ सोरुम वीरगंजमा

    वीरगंज / भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै वीरगंज, पर्सामा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ। 

    images
    images

    जय श्रीराम ट्रेड एण्ड कन्सर्नद्वारा सञ्चालित यस सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल सरकार खानेपानी मन्त्री प्रदीप यादवको उपस्थिति रहेको थियो। 

    साथै, कजारिया रमेश टाइल्सका निर्देशक हिमांशु अग्रवालको उपस्थिति रहेको थियो । उक्त अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्त्वपूर्ण विस्तारको शुभारम्भ गरे । 

    समारोहलाई सम्बोधन गर्दै प्रदीप यादवले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । 

    उनले भने, “वीरगंजमा कजारिया जस्तो प्रतिष्ठित ब्राण्डको उपस्थिति गर्वको विषय हो। यो सोरुमले हाम्रो क्षेत्रमा रहेको सम्भावना उजागर गर्नेछ र स्थानीय समुदायका लागि गुणस्तरीय पूर्वाधार र डिजाइन आवश्यकताहरू पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।”   

    वीरगञ्जको प्रमुख क्षेत्र ब्रम्ह चोकमा अवस्थित यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत सङ्ग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ। 

    यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ।

    प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो सोरुमको शुभारम्भ कजारियाको लागि महत्त्वपूर्ण उपलब्धि हो ।

    कजारिया रामेश टाइल्सले नेपालकै सबैभन्दा ठुलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। 

    विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।

    नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ सोरुमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। 

    कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०x१२० सेमी, ६०x६० सेमी, १९.५x१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०x४० सेमी) र सिरामिक वाल टाइल्स (३०x६० सेमी, ३०x४५ सेमी) उपलब्ध गराउँछ।

    यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ।  

    गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय