काठमाडौँ / राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्रीमा नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उनलाई नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ, “नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट प्रधानमन्त्रीसमक्ष राजीनामा दिइएको हुँदा संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी कार्यभार तोकिएको हो ।”
घुस डिल गरेको अडियो प्रकरणमा मुछिएका गुप्ताले मङ्गलबार पदबाट राजीनामा दिएका हुन् ।