मन्जुश्री फाइनान्स लिमिटेड, नेपालगञ्ज शाखाले करिब १ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स व्यवस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरू हस्तान्तरण गरेको छ ।
सो कार्यक्रममा मन्जुश्री फाइनान्सलाई प्रतिनिधित्व गर्दै नेपालगञ्ज शाखाकी कार्यालय प्रमुख स्नेहा भुसालले नगरपालिकालाई सो सामग्री वितरण गरेकी थिई ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वस्थ प्रवर्द्धन केन्द्र सञ्चालन गर्न आफ्ना विभिन्न शाखाहरूमार्फत मन्जुश्री फाइनान्सले आफ्नो सामाजिक दायित्वलाई पुरै जोशका साथ पूरा गर्दै आएको छ भने आगामी दिनहरुमा पनि अझै समाजको उन्नतिको लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन्छ भन्ने विश्वास रहेको छ ।
मन्जुश्रीले हालसम्म रु. २२ अर्ब निक्षेप सङ्कलन गरि करिब १८.२ अर्ब कर्जा परिचालन गरेको छ ।
निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराईरहेको छ ।
हालको मितिसम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरूलार्इ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रूपमा रहेको छ ।