घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मन्त्री गुप्ताले दिए राजीनामा

घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मन्त्री गुप्ताले दिए राजीनामा

मंगलवार, असार ३१ २०८२
मंगलवार, असार ३१ २०८२
  • घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मन्त्री गुप्ताले दिए राजीनामा

    काठमाडौँ / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन् । मंगलबार घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेका आरोप अनुसन्धानमा सहयोग पुगोस् भनी राजीनामा दिएको जानकारी दिएका छन् ।

    उनले नखाएको विष पनि लाग्ने भन्दै अहिले आफू त्यसैको शिकार भएको बताएका छन् । उनले लेखेका छन्, “बिगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको बिष पनि लाग्दो रहेछ । म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु । प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रूपले आफूलाई सहयोग गर्नुहुनेहरूलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछु । अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाको साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।”   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com