होटल संघ नेपालको आयोजनामा मानव संशाधन सम्मेलन सम्पन्न, यी विषयहरूमा छलफल

होटल संघ नेपालको आयोजनामा मानव संशाधन सम्मेलन सम्पन्न, यी विषयहरूमा छलफल

मंगलवार, असार ३१ २०८२
मंगलवार, असार ३१ २०८२
  • होटल संघ नेपालको आयोजनामा मानव संशाधन सम्मेलन सम्पन्न, यी विषयहरूमा छलफल

    काठमाडौँ / होटल संघ नेपालले नेपाल सरकार, इन्स्योर परियोजनाको आयोजनामा मंगलबार मानव संशाधन सम्मेलन २०२५ को आयोजना गरेको छ । 

    सम्मेलनमा मुलुकमा बढ्दै गएको तारे होटलहरूको सङ्ख्या, भारतीय र चिनियाँ लगायत बढ्दो पर्यटक आगमनलाई स्तरीय सेवा प्रदान गर्ने परिप्रेक्ष्यमा विद्यमान नियम कानुन, अवस्था र वैदेशिक रोजगारीमा श्रम बजारमा बढ्दो आकर्षणले सिर्जना गरेको परिस्थितिबाट दक्ष जनशक्ति र उत्पादकत्व बढाउन राज्य र निजी क्षेत्रले गर्नुपर्ने सहकार्यबारे विस्तृत छलफल भएको थियो ।
     
    उक्त कार्यक्रममा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले मुलुकले भोगिरहेको दक्षजनशक्ति अभावका बारेमा चर्चा गर्दै होटलहरु एक तिहाइ मात्र सञ्चालनमा रहँदा पनि जनशक्ति अभाव हुनु विडम्बना नै रहेको बताए । 

    सोही विषयवस्तुहरूलाई उजार गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको उनले बताए । 

    दक्ष जनशक्ति उत्पादनका लागि सीटीईभीटीका सदस्य सचिव महेश भट्टराईले समय सापेक्ष पाठ्यक्रमका साथै आवश्यकताअनुसारका पाठ्यक्रमहरू निर्माणमा निजी क्षेत्रको सहयागको अपेक्षा गरे । 

    कार्यक्रममा आतिथ्यता क्षेत्रमा भए गरेका नीति नियम, कानुन, प्रक्रिया र औद्योगिक सम्बन्धका बारेमा होटल संघ नेपालका कानुनी सल्लाहकार गान्धी पण्डितले प्रस्तुतिकरण गरेका थिए । 

    सोही कार्यक्रममा औद्योगिक प्रशिक्षार्थीबारेमा इन्स्योर परियोजनाका टिम लिडर रविन्द्र बहादुर सिंहले कार्यपत्र पेस गरे । 

    प्यानल सेसन मध्यस्थकर्ता संघका कोषाध्यक्ष युवराज श्रेष्ठले प्यानल छलफलमा उपस्थित नाथमका कार्यकारी निर्देशक सङ्गीता ओझा, शिक्षा मन्त्रालयका उपसचिव सुरेशकुमार जोशी, श्रम मन्त्रालयका उपसचिव डम्बर सुनुवार, सीटीईभीटीका निर्देशक विनोद बडाल र निजी क्षेत्रकोतर्फबाट मानव संशाधन निर्देशक खेम पौडेललाई मुलुकमा दक्ष जनशक्ति अभाव, वैदेशिक रोजगारी, वैदेशिक इन्टर्नसिप, समय सापेक्ष पाठ्यक्रमको अभावका बारेमा छुट्टा छुट्टै चर्चा गरी गहन छलफल भयो ।

    भेलाले आतिथ्य उद्योगको मानव संशाधन क्षेत्रमा कार्यरत व्यवस्थापकहरूको ह्यान एचआर क्लव स्थापना गरी यस क्षेत्रको विकास र विस्तारमा एकीकृत ढङ्गमा कार्य गर्ने निष्कर्ष निकालेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com