प्रभु बैंकका ग्राहक र कर्मचारीलाई होपफुल हराईजन नेपालमा विशेष छुट

प्रभु बैंकका ग्राहक र कर्मचारीलाई होपफुल हराईजन नेपालमा विशेष छुट

मंगलवार, असार ३१ २०८२
मंगलवार, असार ३१ २०८२
  • प्रभु बैंकका ग्राहक र कर्मचारीलाई होपफुल हराईजन नेपालमा विशेष छुट

    काठमाडौँ / प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले झम्सिखेल, पुल्चोक, ललितपुरस्थित होपफुल हराइजन नेपाल प्रा.लिमा विशेष छुट पाउने भएका छन् । 

    बैंक र होपफुल हराइजन नेपालबिच मानसिक स्वास्थ सम्बन्धि सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।

    एक समारोहकाबिच होपफुल हराईजन नेपालकातर्फबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्पmबाट प्रमूख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रे्रष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

    उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंङ्किङ प्रमूख, अन्जु बस्नेतको पनि उपस्थिति थियो ।
     
    छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक होपफुल हराईजन नेपालमा पेश गर्नु पर्नेछ ।

    होपफुल हराईजन नेपाल, नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञहरूको टोलिद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । 

    यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ सम्बन्धि सेवाहरू उपलब्ध गराउँदै आईरहेको छ । 

    त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणि बैंकको रूपमा रहेको तथा ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्ट मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले बताउँदै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com