काठमाडौँ / भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पाल्पा र सुनवलमा ८ सय बढि लालपुर्जा वितरण गरेका छन् ।
विशेष नापी कार्यालयले पाल्पा जिल्लाको पहिला पुर्जा वितरण रामपुरमा करिव ५०० जना र नवलपरासीको सुनवलमा सुनवल नगरपालिकाको समन्वय र भुमि समस्या समाधान आयोग जिल्ला कार्यालय नवलपरासीको आयोजनमा करिव २०० जनालाई लालपुर्जा वितरण गरिएको हो ।
लालपुर्जा बितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले देशभरका भूमि समस्या र अब्यवस्थीत बसोबासीको दिर्घकालिन समाधानका लागी मन्त्रालय र भूमि आयोगले निरन्तर काम गरिरहेको जानकारी गराए ।
अबको ६ महिनाभित्र ७० प्रतिशत भुमिहिनले लालपुर्जा प्राप्त गरिसक्ने मन्त्री अधिकारीको भनाई छ ।
पाल्पामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, नापी बिभागका महानिर्देशक प्रकाश जोशीलगायतका सहभागीता थियो भने सुनवलमा मन्त्री अधिकारीसहित भुमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरि रिजाल, सासंदहरू, सुनवल नगरपालिका मेयर बिमला अर्याललगायतका जनप्रतिनिधि र स्थानीयवासीको भब्य सहभागीता थियो ।