काठमाडौँ / विकास हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को तेस्रो दिनसम्म १४ लाख ७८ हजार ८३९ जनाले आवेदन दिएका छन् ।
कम्पनीले असार १८ गतेदेखि निष्काशन गरेको उक्त आइपिओमा २० गतेसम्म १ करोड ८२ लाख २४ हजार ३२० कित्ताका लागि १४ लाख ७८ हजार ८३९ जनाले आवेदन दिएका हुन् । जुन मागभन्दा तीन गुणा बढी हो ।
कम्पनीको आइपिओमा असार २२ गतेसम्म आवेदन दिन सकिनेछ । प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निकाष्शन गरेको हो ।
सर्वसाधारण सेयरधनीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरि सिआश्वा प्रणाली मार्फत आवेदन दिन सकिनेछ ।
हाल विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले प्रबद्र्धन गरेको माथिल्लो माछाखोला साना जलविद्युत आयोजनाको ४.५५ मे.वा. क्षमताको विद्युत मिति २०७९/११/१७ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरीरहेको छ ।