अमेरिकाले पारित गर्‍यो ट्रम्पको ‘बिग ब्यूटीफुल’ विधेयक, मस्कले भनेका थिए ‘पागल’

अमेरिकाले पारित गर्‍यो ट्रम्पको ‘बिग ब्यूटीफुल’ विधेयक, मस्कले भनेका थिए ‘पागल’

शुक्रवार, असार २० २०८२
शुक्रवार, असार २० २०८२
  • images
    images
    अमेरिकाले पारित गर्‍यो ट्रम्पको ‘बिग ब्यूटीफुल’ विधेयक, मस्कले भनेका थिए ‘पागल’
    images
    images

    वासिङ्टन डीसी / अमेरिकी संसदको तल्लो सदन (प्रतिनिधि सभा)ले राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च कटौती गर्ने ‘बिग ब्यूटीफुल’ विधेयक पारित गरेको छ । 

    यस विधेयकको समर्थनमा २१८ जनाले मतदान गर्दा विपक्षमा २१४ जनाले मतदान गरेका थिए ।

    ट्रम्पको आफ्नै पार्टीका दुई सांसद थोमस मेसी र ब्रायन फिट्जप्याट्रिकले यस विधेयकको विपक्षमा मतदान गरेका थिए । ट्रम्प र खर्बपति व्यापारी एलन मस्कले यस विधेयकको बारेमा एकअर्काविरुद्ध तीखो अभिव्यक्ति दिएका थिए । 

    ट्रम्पले अमेरिकाको स्वतन्त्रता दिवस अर्थात् जुलाई ४ को साँझ ५ बजे एक ठुलो र भव्य समारोहमा यो विधेयकमा हस्ताक्षर गर्ने ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले भनिन् । 

    यो विधेयक दुई दिन अघि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा ५०–५१ को साँघुरो मतान्तरले पारित भएको थियो । उपराष्ट्रपति जेडी भान्सले यस विधेयकमा निर्णायक मतदान गरेका थिए । 

    ट्रम्पको विधेयकलाई मस्कले भनेका थिए पागल

    शनिबार मस्कले एक पटक फेरि ट्रम्पको ठुलो सुन्दर विधेयकको आलोचना गरेका थिए । ‘ट्रम्पको यो विधेयकले अमेरिकामा लाखौं रोजगारी समाप्त गर्नेछ र हाम्रो देशलाई ठुलो रणनीतिक क्षति पुर्याउनेछ ।’ शनिबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा मस्कले एउटा पोष्टमा लेखेका थिए ।

    ‘यो पूर्णतया पागल र विनाशकारी छ । यो कानूनले पुराना उद्योगहरूलाई छूट दिन्छ, तर भविष्यका उद्योगहरूलाई नष्ट गर्नेछ ।’ पोष्टमा अझ अगाडि उनले लेखेका थिए । मस्कले गत महिना ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको प्रमुख पदबाट राजीनामा दिएका थिए । 

    मस्कको यो ट्वीटपछि, ट्रम्पले भनेका थिए मस्कलाई दिइँदै आएको अनुदान रोकियो भने, उनले आफ्नो पसल ९कम्पनी० बन्द गरेर दक्षिण अफ्रिका फर्किन बाध्य हुने बताएका थिए । अनुदान रोकिएपछि टेस्लाले विद्युतीय कार उत्पादन गर्न नसक्ने अनि स्पेसएक्सको रकेट र उपग्रहहरू प्रक्षेपण पनि बन्द हुने उनको भनाइ थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com