इन्द्रसरोवरमा इभी गाडी दुर्घटना, पाँच जना घाइते

इन्द्रसरोवरमा इभी गाडी दुर्घटना, पाँच जना घाइते

शुक्रवार, असार २० २०८२
शुक्रवार, असार २० २०८२
  • images
    images
    इन्द्रसरोवरमा इभी गाडी दुर्घटना, पाँच जना घाइते
    images
    images

    हेटौँटा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 

    शुक्रवार दिउँसो हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको इभी गाडी भीमफेदी कुलेखानी–काठमाडौं सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    प्रहरीका अनुसार सडकको घुम्तीमा ब्रेक लगाएपछि गाडीको टायर चिप्लिएर सवारी करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो । 

    दुर्घटनामा पर्सा जिल्ला, जिरा भवानी गाउँपालिका–३ का ३५ वर्षीय चन्द्र सन्जु गौरे, भारत बिहारका ९ वर्षीय रिसाहद कुमार, ३५ वर्षीय उमाशंकर कुमार, २७ वर्षीय जताशंकर कुमार र राकेश कुमार घाइते भएका छन्।घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

    यस घटनापछि गाडी चालक बारा जिल्लाको परमाणीपुर गाउँपालिका–२ का २२ वर्षीय राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com