युवा एग्रिकल्चर फार्ममा रमाइरहेका तामाङ दम्पत्ति, बार्षिक बेच्छन् हजारौँ बिरुवा

युवा एग्रिकल्चर फार्ममा रमाइरहेका तामाङ दम्पत्ति, बार्षिक बेच्छन् हजारौँ बिरुवा

शुक्रवार, असार २० २०८२
शुक्रवार, असार २० २०८२
  • images
    images
    युवा एग्रिकल्चर फार्ममा रमाइरहेका तामाङ दम्पत्ति, बार्षिक बेच्छन् हजारौँ बिरुवा
    images
    images

    रामेछाप / नेपालमा केही काम छैन, केही काम पाईँदैन वा केही हुँदैन भन्नेलाई रामेछापको मन्थली नगरपालिका–१४ फुलासीका एक युवाले राम्रै जवाफ दिएका छन् । 

    फुलासीका चिनाकुमार तामाङ र उनकी पत्नी अनिता तामाङले गाउँमा नै फलफूलको नर्सरी राखेर मेहनत गर्ने हो भने गाउँमा प्रशस्त अवसर छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । देशमा केही अवसर छैन भनेर विदेशमा एकथरि युवाले पसिना बगाइरहँदा तामाङ दम्पती गाउँमा नै रमाइरहेका छन् ।

    १० वर्ष अघि सुरु भएको युवा एग्रिकल्चर फार्म अहिले देशभरि बिरुवा बिक्री गर्ने फार्म बनेको छ । त्यही फार्ममा तामाङ दम्पती रमाइरहेका छन् । फार्ममा अहिले विभिन्न जातका ३० हजार भन्दा बढी तयारी बिरुवा रहेका छन् । 

    नर्सरीमा जापनिज हलुवाबेद, सुन्तला, मुन्तला, जुनार, ओखर, किवी, बुद्धचित्त लगायतका बिक्रीका लागि तयारी बिरुवा छन् । सो नर्सरीका बिरुवा देश भरि पुग्ने अनिता बताउँछिन् । ‘नेपालभरी नै जान्छ, कोही नर्सरीमा नै आएर बिरुवा किन्छन्, धेरैले फोनबाटै सम्पर्क गर्छन्, हामी नर्सरीबाट बिरुवा पठाइदिन्छौँ’, उनले भनिन् । 

    नर्सरीमा आफू मात्र हैन तामाङ दम्पतीले अन्यलाई पनि रोजगारी दिएको छ । बिरुवा लगाउने, गोडमेल गर्ने, बिरुवा ओसार्ने बेलामा अन्य मान्छेहरू लगाएर काम गर्ने गरेको तामाङले बताए । 

    नर्सरीबाट मेहनत अनुसार राम्रै कमाइ हुने चिनाकुमार बताउँछन् । ‘विदेश जानु परेको छैन, आफ्नै गाउँमा बसिएको छ, रमाइएको छ, मेहनत अनुसार ठिकै छ’, उनले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com