अमेरिकी बजारमा लोकप्रिय बन्न थाल्यो ‘याला हिमालयन डग चियु’

शुक्रवार, असार २० २०८२
शुक्रवार, असार २० २०८२
  • images
    images
    अमेरिकी बजारमा लोकप्रिय बन्न थाल्यो ‘याला हिमालयन डग चियु’
    images
    images

    काठमाडौं / र नेपाली युवाहरुको उद्यमशिल प्रयासले उत्पादित छुर्पीले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हात पारेको छ । काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा लोकप्रिय बन्दै गएको छ । 

    ललितपुरस्थित चापागाउँमा तीन वर्षअघि विकास तिम्सिना, विश्वबन्धु शर्मा र मनोज हुमागाईँको नेतृत्वमा स्थापना गरिएको याला हिमालयन कम्पनीले केही समयअघि मात्रै आफ्नो ब्रान्डको छुर्पी अमेरिकामा निर्यात सुरु गरेको हो । 
    कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज हुमागाईँका अनुसार अमेरिकामा एमेजनमार्फत ५१ सय प्याकेट छुर्पी पहिलो चरणमा बिक्री गरिएको हो । छुर्पीको माग हाल तीन गुणाले बढेको उनले जानकारी दिए । 

    ब्रान्डिङ, प्याकेजिङ र रणनीतिले सफलता
    ‘याला हिमालयल’ ब्रान्डको सुरुवाती मोडललाई परिमार्जन गर्दै कम्पनीले नयाँ नाम ‘याला हिमालयन डग चियु’ अन्तर्गत प्याकेजिङ र खुद्रा बिक्री सुरु गरेको हो । उपभोक्तालाई आकर्षित गर्न कम्पनीले एक किन्दा एक निःशुल्क अफरसमेत ल्याएको छ । अमेरिकी बजारमा यो छुर्पी तीन फरक प्रकारमा क्रमशः ९, १२ र १३ अमेरिकी डलर मूल्यमा बिक्री भइरहेको छ ।

    अमेरिकी बजारमा उत्साहजनक सुरुवातपछि कम्पनीले आगामी ६ महिनाभित्र क्यानाडा र जापान जस्ता विकसित मुलुकका बजारमा समेत आफ्नो उत्पादन पु¥याउने योजना बनाएको छ ।
    कम्पनीका निर्देशक विश्वबन्धु शर्माका अनुसार,‘यो केवल सुरुवात हो, हामी नेपालका मौलिक उत्पादनलाई विश्वस्तरमा स्थापित गर्ने उद्देश्यले अघि बढिरहेका छौं ।’ याला हिमालयन ग्रुप अन्तर्गतको प्रमुख ब्रान्ड ‘याला हिमालयन डग हाल अमेरिकी बजारमा खुद्रा विक्रेताहरु र अनलाइन मार्केटप्लेसहरू—जस्तै एमेजनमा उपलव्ध भइसकेको छ ।

    याला हिमालयन नेपालको पहिलो कम्पनी हौं । जसले किसानहरूसँग सिधा सहकार्य गर्दै गाउँघरमा उत्पादन भएको दूध खरिद गर्छ । त्यसलाई यस याला हिमालयनको अत्याधुनिक उत्पादन केन्द्रमा प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा आफ्नै ब्रान्ड अन्तर्गत निर्यात गर्छ । 
    यस याला हिमालयनको उद्देश्य केवल व्यवसायिक सफलता नभई, स्थानीय किसानको जीवनस्तर उकास्ने, दिगो उत्पादन प्रणालीलाई प्रवद्र्धन गर्ने र नेपालको मौलिक उत्पादनलाई विश्व बजारमा स्थापित गर्ने रहेको शर्माले जानकारी दिए । 
    ‘याला हिमालयन डग चियु’ को सफलतामा किसानसँगको प्रत्यक्ष सहकार्यमा आधारित आपूर्ति प्रणालीको महत्वपूर्ण भूमिका रहेको छ । कम्पनीले देशका आठवटा स्थानीय उत्पादन संस्थासँग सम्झौता गरी ग्रामीण स्तरमा किसानहरूसँग मिलेर छुर्पी उत्पादन र संकलन गरिरहेको छ । यसले ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष योगदान पु–याउनुका साथै नेपाली मौलिकता संरक्षणमा समेत टेवा पुयाएको कम्पनीको दाबी छ ।

    याला हिमालयन डग को उत्पादन कार्य अहिले ललितपुरको चापागाउँमा अवस्थित अत्याधुनिक उत्पादन केन्द्र ‘म्यानुफाक्चरिङ फेसिलिटी’बाट सञ्चालन हुँदै आएको छ ।

    यो सुविधा विस्तृत भू–क्षेत्रफलमा फैलिएको छ, जहाँ यस याला हिमालयले कच्चा दूधबाट सुरु गरेर तयार छुर्पी ‘डग चियू’ उत्पादन गर्ने १०–१२ चरणको सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा इन हाउस रूपमा गर्दै आएका छ । 
    याला हिमालयन जसले आफैं उत्पादन गर्छ, प्याक गर्छ र निर्यात गर्दै आइरहेको छ । हाल फ्याक्ट्रीमा ३०–४० जना दक्ष जनशक्ति निरन्तर ‘इन र आउट बेसिस’ रुपमा कार्यरत छन्, जसले उत्पादन, गुणस्तर नियन्त्रण, प्याकेजिङ्ग, व्यवस्थापन र ढुवानीसम्मका सम्पूर्ण प्रक्रिया सम्हालिरहेका छन् ।।

    यस याला हिमालयनको लक्ष्य भनेको स्थानीय जनशक्तिलाई रोजगारी सिर्जना गर्नुका साथै नेपालमै विश्वस्तरीय उत्पादन प्रक्रिया स्थापित गर्ने हो । 

    हालको बजार विश्लेषण अनुसार सन् २०३५ सम्म ‘डग चियु’को मागमा वार्षिक ८ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरिएको छ । कम्पनीले अहिलेको गुणस्तर, वितरण र ब्रान्डिङलाई निरन्तरता दिन सकेमा ‘याला हिमालयन डग चियु’ जस्ता उत्पादनले विश्वव्यापी रूपमा नेपाली पहिचान बलियो बनाउने अनुमान गरिएको छ । 

    कृषि, पशुपालन र निर्यात क्षेत्रलाई समायोजन गरेर सञ्चालन गरिएको यो परियोजना नेपालमा नयाँ सम्भावनाको ढोका खोल्ने नमूना योजनाका रूपमा स्थापित भइरहेको छ । नेपाली किसानको परिश्रम, युवाको सोच र प्रविधिको संयोजनले उत्पादित छुर्पी आज विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनेको छ ।

    ‘याला हिमालयन डग चियु’ को सफलताले नेपाली उत्पादन, विशेषतः ग्रामीण स्रोत र सीपमा आधारित वस्तु, अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न सकिन्छ भन्ने विश्वास समेत दिलाएको छ ।

    र नेपाली युवाहरुको उद्यमशिल प्रयासले उत्पादित छुर्पीले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हात पारेको छ । काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी बजारमा लोकप्रिय बन्दै गएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com