एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक इभि सर्भिस सेन्टर सञ्चालन गर्ने

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक इभि सर्भिस सेन्टर सञ्चालन गर्ने

शुक्रवार, असार २० २०८२
शुक्रवार, असार २० २०८२
  • images
    images
    एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक इभि सर्भिस सेन्टर सञ्चालन गर्ने
    images
    images

    काठमाडौँ / एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा दुईवटा अत्याधुनिक, विद्युतीय सवारी साधनमा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ। ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले कम्पनीले उक्त सर्भिस सेन्टर सञ्चालन गर्न लागेको हो । 

    रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवाप्रदान गर्ने लक्ष्य राखेको छ।

    यी फ्यासिलिटीहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि मात्र समर्पित हुनेछन्। सर्भिस सेन्टरमा२५ वटा विशेष सर्भिस बेहरू रहनेछन् । 

    यसले धेरै सङ्ख्याका गाडीहरूलाई एकैपटकसजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मतगर्न सक्ने क्षमता राख्नेछन्। 

    एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कशप हुनेछन्। यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ।

    आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्लू वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवा सम्बन्धि प्रतिबद्धतालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको छ।

    यी नयाँ सर्भिस सेन्टरहरू आगामी३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउनेअपेक्षा गरिएको छजसले नेपालको इभि सेवा क्षेत्रमा नयाँ बेन्चमार्क स्थापित गर्नेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com