ज्ञानोदय माध्यमिक विद्यालयको एसइइ परिणाममा उल्लेख्य सुधार

ज्ञानोदय माध्यमिक विद्यालयको एसइइ परिणाममा उल्लेख्य सुधार

शुक्रवार, असार २० २०८२
शुक्रवार, असार २० २०८२
  • images
    images
    ज्ञानोदय माध्यमिक विद्यालयको एसइइ परिणाममा उल्लेख्य सुधार
    images
    images

    काठमाडौँ / पुरानो कलिमाटीस्थित ज्ञानोदय माध्यमिक विद्यालय सामुदायिक शिक्षाको क्षेत्रमै एक उत्कृष्ट शैक्षिक गन्तव्य हो । उत्कृष्ट नतिजा, अनुकूल शैक्षिक वातावरण रहेको यो विद्यालयले शिक्षामा उल्लेखनीय प्रगति हासिल गर्दै आएको छ । 

    हालै सार्वजनिक २०८१ सालको एसईई परीक्षाफलले पनि सो विद्यालयको शैक्षिक सुधारलाई स्पष्ट रूपमा देखाएको छ। 

    यस वर्ष विद्यालयबाट ४२५ जना विद्यार्थी एसईईमा सहभागी भए, जसमा ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। अघिल्लो वर्षको तुलनामा यस वर्षको परिणाममा उल्लेखनीय सुधार देखिएको छ।

    माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा सहभागी भएका विद्यार्थीहरूमध्ये ४ जीपीए प्राप्त विद्यार्थीहरूमा यस बर्ष ज्ञानोदयका ६ जना विद्यार्थीहरू रहेका छन् । 

     त्यस्तै, ३.६ जिपिएभन्दा माथि प्राप्त गर्ने २३१ जना, ३.३ जिपिएभन्दा माथि प्राप्त गर्ने १२५ जना २.८ भन्दा माथि जिपिए प्राप्त गर्ने ३२ जना रहेका छन् भने त्यो भन्दा कम जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या शून्य रहेको विद्यालयले जनाएको छ । 

    गत बर्ष भने ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ३, ३.६ भन्दा माथि जिपिए प्राप्त गर्नेको सङ्ख्या १५६, ३.२ भन्दा माथि जिपीए प्राप्त गर्ने विद्यार्थीहरूको सङ्ख्या १५१ थियो । 

    साथै यस वर्ष ३.९ जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या ४४ रहेको थियो जसमा २३ जनाको ३. ९५ भन्दा माथि जिपीए आउनुले विगतको वर्षमा भन्दा यस बर्ष ज्ञानोदय माध्यामिक विद्यालयको एसइइ परिणामा उल्लेख्य सुधार भएको देखिन्छ । 

    विज्ञान, सामाजिक, नेपाली र अङ्ग्रेजी विषयमा परीक्षा दिएका ४२५ विद्यार्थीमध्ये एक जना पनि अनुतीर्ण नभएको तथ्यले विद्यालयको शैक्षिक गुणस्तर झल्काउँछ। विशेष रूपमा विज्ञान विषयमा मात्र १७० भन्दा बढी विद्यार्थीले ४.०० जिपिए हासिल गरेका छन्।

    गत वर्ष विद्यालयबाट ४२८ विद्यार्थी एसइइमा सहभागी भएका थिए, जसमा ८९५ जना उत्तीर्ण भएका थिए। 
    यस वर्ष  ४२५ विद्यार्थी एसइमा सामेल भई विद्यालयले ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।

    विद्यालयले आगामी दिनमा शिक्षाको गुणस्तर अझ बढाउँदै राष्ट्रका लागि जिम्मेवार र सक्षम मानव संसाधन तयार पार्ने प्रतिबद्धता जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com