जनयुद्धकै कारण नेपाली किसानहरु अधिकार पाए : सांसद बस्नेत

जनयुद्धकै कारण नेपाली किसानहरु अधिकार पाए : सांसद बस्नेत

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • images
    images
    जनयुद्धकै कारण नेपाली किसानहरु अधिकार पाए :  सांसद बस्नेत
    images
    images

    काठमाडौँँ /  नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सामन्तवादसँग निर्णायक सम्बन्ध बिच्छेद नगरिकन किसानहरु अधिकार सम्पन्न हुँदैनन् भन्ने कुरा जनयुद्धको व्यवहारले देखाएको बताएका छन् । 

    शुक्रबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)द्धारा ४८ औँ जुगेडि किसान संर्घष तथा ३४ औँ किसान संर्घष दिवसको अवसरमा बोल्दै उनले जनयद्ध र किसानहरुको बलमा राजतन्त्रको अन्त्य भएको दाबी गरे ।

    उनले नेपाली किसानका आन्दोलनले गर्दा सामन्तवाद कमजोर हुँदै गएको समेत बताए । उनले जनयुद्ध किसान आन्दोलन र जनवादी आन्दोलनको सबै सन्दर्भ समेटिएको एउटा  एकिकृत स्वरुप रहेको थियो भन्दा प्रतिशोत नहुने बताए ।

    उनले किसानका संर्घषहरुले ऐतिहासिक सन्दर्भ महत्व हुँदाहुँदै पनि ०५२ सालभन्दा पहिले आइपुग्दासम्म पनि सही दिशा समाउन नसकेको बताए । उनले नेपालका विभिन्न आन्दोलन मध्य किसान आन्दोलन सबैभन्दा जटिल बिषय रहेको जानकारी दिए । 

    ‘नेपली कांग्रेस र संयुक्त वाममोर्चाले राजावादीसँग सहकार्य गर्दा ०५२ सालदेखि जनयुद्ध सुरु गरेका थियौं । राष्ट्रिय सत्ता पूर्ण रुपमा जनतासामु पुर्याउने मुख्य उदेश्य रहेको थियो । जनयुद्ध किसान आन्दोलन र  जनवादी आन्दोलनको सबै सन्दर्भ समेटिएको एउट एकिकृत स्वरुप रहेको थियो भन्दा प्रतिशोत हुने छैन । देशभरका किसानको जतिपनि समस्याहरु थिए ती सबै जनयुद्धमार्फत् किसानमाथि जबरजस्ती गर्न थालेका हुन् । संगठित हमलामा उत्रिएका थिए ।

    नेपाली किसानका आन्दोलनले गर्दा सामन्तवाद कमजोर हुँदै गएको थियो । जनयुद्ध र सोहीबेला किसानहरुको बलमा राजतन्त्रको अन्त्य भएको थियो,’ उनले भने  । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com