हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • images
    images
    हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले विश्व रक्तदाता दिवसको अवसर पारेर गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । रक्तदान कार्यक्रम हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुख्य कार्यालय, बबरमहल, काठमाडौंमा भएको थियो ।

    उक्त कार्यक्रममा कम्पनीका कर्मचारी, बिमित वर्ग, सेवाग्राहीहरू गरेर ३३ जनाले रक्तदान गरेका थिए । 

    कार्यक्रममा फ्रन्टलाइन अस्पतालले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता रहने कम्पनीले जनाएको छ ।

    उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई धन्यवाद स्वरुप प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com