काठमाडौँ / एन आई सी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच अलीपे+ अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ ।
विश्वका विभिन्न देशहरूबाट नेपालमा आएका अलीपे+ नेटवर्क प्रयोग गर्ने पर्यटकहरूले नेपालपे क्युआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने गरी उक्त सम्झौता भएको हो ।
सो सम्झौतापछि भुक्तानी प्रणाली सेवा प्रदायक अलीपे+ मा जोडिएका ११ भन्दा धेरै मुलुकका नागरिक नेपाल आउँदा आफ्नो देशको वालेट वा बैंकिङ्ग एप मार्फत यस बैंकले उपलब्ध गराएको नेपालपे क्युआर मर्चेन्टहरूमा सोझै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध भएको छ ।
उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
अलिपे+ नेटवर्कमा हाल चीन, हङकङ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, इटाली, मकाओ, जर्मनी लगायतका देशका विभिन्न बैंक तथा भुक्तानी प्रदायकहरू आवद्ध रहेका छन् ।
यस सम्झौतापछि यस बैंकमा जोडिएका मर्चेन्टहरूले अलिपे+ नेटवर्कमा जोडिएका मुलुकहरूका पर्यटकहरूले नेपालपे क्युआर मार्फत गर्ने भुक्तानी सहजै प्राप्त गर्न सक्नेछन् ।
बैंक र एनसीएचएलबीच भएको यस सम्झौताले मुलुकको अन्तरदेशीय क्युआर भुक्तानीमा समेत प्रवद्र्धन गरी नेपालमा आउने पर्यटकहरूका लागि सहजै भुक्तानी गर्ने सेवा उपलब्ध गराएको छ ।