काठमाडौं/ विश्वप्रसिद्ध इटालियन लक्जरी फेसन ब्रान्ड Emporio Armani (एम्पोरियो अरमानी) ले नेपालमा आफ्नो आधिकारिक उपस्थिति विस्तार गर्दै J&Co. लाई एकमात्र आधिकारिक आयातकर्ताका रूपमा नियुक्त गरेको छ। यो साझेदारीसँगै पहिलोपटक नेपाली बजारमा अन्तर्राष्ट्रिय स्तरको लक्जरी फेसन ब्रान्डको औपचारिक प्रवेश हुन लागेको हो।
एम्पोरियो अरमानी, Armani Group अन्तर्गतको प्रमुख ब्रान्ड हो, जसले स्टाइल, गुणस्तर, र आधुनिक जीवनशैलीलाई समेट्ने फेसन उत्पादनहरू प्रस्तुत गर्दै आएको छ। विश्वभरका युवावर्ग, व्यवसायिक र फेसन सचेत उपभोक्ताहरू माझ लोकप्रिय यो ब्रान्डले लक्जरी फेसनको उच्चतम स्तरको प्रतीक बनाइसकेको छ।
J&Co. ले अबदेखि एम्पोरियो अरमानीका सम्पूर्ण उत्पादनहरूको आयात, वितरण र ब्रान्ड व्यवस्थापनको जिम्मेवारी लिनेछ। कम्पनीले काठमाडौंको प्रमुख व्यापारिक क्षेत्रमा लक्जरी शोरूम सञ्चालन गर्ने तयारी गरिरहेको छ, जहाँ नेपाली ग्राहकले अन्तर्राष्ट्रिय स्तरको लक्जरी खरीद अनुभव गर्न सक्नेछन्।
शोरूमको पहिलो चरणमा ट्राभल एक्सेसोरीज, ब्याग, जुत्ता, वालेट लगायतका रोजगारीयुक्त फेसन आइटमहरू उपलब्ध हुनेछन्। J&Co. का अनुसार, ग्राहकको मागअनुसार आगामी चरणहरूमा अन्य उत्पादनहरू समेत क्रमशः भित्र्याइनेछन्।
J&Co. का प्रवक्ताले भने, “एम्पोरियो अरमानी जस्तो विश्वस्तरीय ब्रान्डसँग सहकार्य गर्नु हाम्रो लागि एक ऐतिहासिक अवसर हो। नेपालमा लक्जरी फेसनप्रति चासो र माग तीव्र गतिमा बढिरहेको छ, र हामीले ग्राहकलाई उच्च गुणस्तरीय सेवा र विकल्प प्रदान गर्ने प्रतिबद्धता लिएका छौं।”
यस सहकार्यलाई नेपालको लक्जरी रिटेल बजारमा एक नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ। विश्व ब्रान्डहरू नेपाली बजारप्रति आकर्षित हुनु देशको फेसन चेतना र क्रय क्षमतामा आएको वृद्धिको संकेतसमेत हो।