पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : यी प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : यी प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना

शनिवार, जेठ २४ २०८२
शनिवार, जेठ २४ २०८२
  • images
    images
    पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : यी प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

    हाल यस वर्षको मनसुन जेठ १५ गते (तदअनुसार सन २०२५ मे २९ तारिख) बिहीबार रातीबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ। 

    जसको प्रभावले आज दिउँसो कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

    यसैगरी, आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका  ‍एक-दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ। आइतबार दिउँसो कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

    आइतबार राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका  ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com