नेपालमा तीन वटा वायुको प्रभाव : यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित बर्षा हुने

नेपालमा तीन वटा वायुको प्रभाव : यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित बर्षा हुने

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • images
    images
    नेपालमा तीन वटा वायुको प्रभाव : यी प्रदेशहरूमा मेघगर्जन र चट्याङसहित बर्षा हुने
    images
    images

    काठमाडौँ / देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।

    कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

    कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

    त्यस्तै, आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका  एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com