इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड

इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • images
    images
    इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
    images
    images

    काठमाडौं/  इञ्जिनियर शशांकश्री न्यौपानेले वेष्टक्लिफ विश्वविद्यालयबाट प्रेसिडेन्ट अवार्ड प्राप्त गरेका छन् ।
     
    विश्वविद्यालय अन्तर्गतको काठमाडौंस्थित प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलका एमएससीआइटी ग्रयाजुएट न्यौपानेले प्रतिष्ठित प्रेसिडेन्ट अवार्ड पाएका हुन् । 

    आफ्नो विधामा कलेज टप गरेका न्यौपानेले एमएसआइटीमा उत्कृष्ट प्राज्ञिक नतिजाका साथै समुदायको सेवा गरेर कलेजको गौरव राखेको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबाट अवार्ड ग्रहण गरेका हुन् । 

    रोबोटिक प्रतिष्पर्धाहरुमा यसअघि नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सफल न्यौपानेले हाल डिजिटल स्वास्थ्यका क्षेत्रमा अनुसन्धान तथा काम गरिरहेका छन् । सूचना प्रविधि विज्ञ न्यौपाने डिजिटल स्वास्थ्यका क्षेत्रमा सक्रिय छन् ।

    स्नातकोत्तरमा उत्कृष्ट नतिजासँगै अध्ययन र ज्ञान सामाजिक क्षेत्रमा जोड्न सफल भएको भन्दै उनलाई विश्वविद्यालयले प्रतिष्ठित अवार्ड प्रदान गरेको प्रेसिडेन्सियल ग्रयाजुएट स्कूलले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com