आगामी वर्षका लागि प्रदेश र स्थानीय तहले पायो ५ खर्ब ८२ अर्ब बजेट

आगामी वर्षका लागि प्रदेश र स्थानीय तहले पायो ५ खर्ब ८२ अर्ब बजेट

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    आगामी वर्षका लागि प्रदेश र स्थानीय तहले पायो ५ खर्ब ८२ अर्ब बजेट
    images
    images

    काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷८३ का लागि प्रदेश तथा स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरिएको घोषणा गरेका छन्।

    यो रकम राजस्व बाँडफाँट, समानीकरण अनुदान, सशर्त, विशेष, र समपूरक अनुदान शीर्षक अन्तर्गत प्रदेश र स्थानीय तहमा बाँडिनेछ।

    राजस्व बाँडफाँट (अनुमानित) १ खर्ब ६५ अर्ब रुपैयाँ, सशर्त अनुदान प्रदेशमा ३० अर्ब २५ करोड र स्थानीय तहमा २ खर्ब ११ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

    त्यस्तै, समानीकरण अनुदानतर्फ प्रदेशमा ६० अर्ब ६ करोड रुपैयाँ र स्थानीय तहमा ८८ अर्ब ६५ करोड विनियोजन गरिएको छ । यसैगरी, विशेष अनुदानतर्फ प्रदेशमा ३ अर्ब ३७ करोड र स्थानीय तहमा ९ अर्ब ८९ करोड रुपैयाँ छुट्याइएको छ । 

    समपूरक अनुदानतर्फ प्रदेशतर्फ ३ अर्ब २८ करोड रस्थानीय तहमा १० अर्ब ६ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com