बजेटका पाँच उद्देश्य र प्राथमिकताहरू केके हुन् ?

बजेटका पाँच उद्देश्य र प्राथमिकताहरू केके हुन् ?

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    बजेटका पाँच उद्देश्य र प्राथमिकताहरू  केके हुन् ?
    images
    images

    काठमाडौँ / अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३को बजेटका पाँच वटा उद्देश्य रहेको बताएका छन् । 
    सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटका पाँच उद्देश्य रहेको बताएका हुन् । 
    जुन यस्ता छन् : 

    १. उच्च दिगो एव फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने ।

    २. उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने ।

    ३. आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने । 

    ४. सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने । 

    ५. गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने ।


    त्यस्तै, सरकारले आर्थिक वर्षको बजेटका प्राथमिकता तोकेको छ । 


    १. उद्यमशीलता, रोजगारी, उत्पादन र उत्पादकत्वको अभिवृद्धि ।

    २. प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार ।


    ३. सामाजिक क्षेत्रमा गुणात्मक सुधार ।

    ४. सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता ।


    ५. नागरिक मैत्री सेवा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com