बजेट भाषण आज, २० खर्ब बराबरको बजेट ल्याउने सरकारको तयारी

बजेट भाषण आज, २० खर्ब बराबरको बजेट ल्याउने सरकारको तयारी

सिलिङभन्दा माथि गएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउने अर्थ मन्त्री पौडेलको अन्तिम तयारी

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    बजेट भाषण आज, २० खर्ब बराबरको बजेट ल्याउने सरकारको तयारी
    images
    images

    काठमाडौँ / सरकारले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्न लागेको छ। अर्थमन्त्री विष्णु पौडेलले आज दिउँसो ३ बजे संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

    यसअघि भिजिट भिसा प्रकरणका कारण गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले मंगलबारदेखि संसद् अवरुद्ध गरेका थिए, तर बजेट प्रस्तुत हुन अब अवरोध नहुने संकेत देखिएको छ।

    त्यसैगरी, चालु आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरूको वार्षिक समीक्षा प्रतिवेदन पनि बिहीबार नै संसद्मा पेश गरिनेछ। मंगलबारको बैठकमा आर्थिक सर्वेक्षण पेश गर्ने प्रयास भए पनि विपक्षी दलहरूको अवरोधका कारण त्यो सम्भव भएन।

    संघीय संसद् सचिवालयले बिहीबार दिउँसो १ः४५ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ। अर्थमन्त्री पौडेलले स्रोत समितिले तोकेको बजेट सिलिङभन्दा माथि गएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको अन्तिम तयारी गरेको छ । 

    राष्ट्रिय योजना आयोग उपाध्यक्षको संयोजकत्वमा रहेको स्रोत समितिले १९ खर्ब रुपैयाँको सिलिङ तोकेको थियो। अर्थ मन्त्रालयका स्रोतका अनुसार सरकारले उक्त सीमा भित्रै बजेट बनाउन प्रयास गरेको भए पनि सफल हुन नसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले स्रोत समितिको सीमाभित्र बजेट बनाउने प्रयास गर्ने बताएका थिए । 

    तर कांग्रेस र एमालेको संयुक्त सरकारको कार्यक्रम समायोजन गर्दा बजेटको आकार ठूलो बन्न पुगेको छ। योजना आयोगले चालु आर्थिक वर्ष २०८१/८२ को त्रिवर्षीय बजेट विनियोजन तथा प्रक्षेपण अनुसार यस वर्षको बजेट २० खर्ब ८८ अर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरेको छ। 

    हाल सरकारले चालु वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ। सरकार अहिले स्रोतको चरम दबाबमा छ। राजस्व सङ्कलन लक्ष्य अनुसार नपुग्दा, वैदेशिक अनुदान र ऋण प्राप्तिमा समेत कमी आएको छ। 

    योजना आयोगले राजस्वमा करिब १७.१ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ। चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्यको ६७.७९ प्रतिशत मात्र पूरा भएको छ भने वैदेशिक अनुदान र ऋण समेत लक्ष्यभन्दा निकै कम उठेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com