सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य, लगेज किन्दा ४० प्रतिशत छुट

सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य, लगेज किन्दा ४० प्रतिशत छुट

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • images
    images
    सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य, लगेज किन्दा ४० प्रतिशत छुट
    images
    images

    काठमाडौं/  नेपाली यात्रुहरूको यात्रा अनुभवलाई थप सहज र विशेष बनाउनको लागि, नेपालको अग्रणी अनलाइन ट्राभल प्लेटफर्म sastotickets.com ले विश्वप्रसिद्ध प्रिमियम लगेज ब्रान्ड Swiss Military सँग आधिकारिक सहकार्य गरेको घोषणा गरेको छ। यो सहकार्यमार्फत अब यात्रुहरूले गुणस्तरीय ट्राभल ब्याग तथा लगेजहरूमा ४०% सम्म छुट पाउने भएका छन्।

    सस्तो टिकेट्समार्फत फ्लाइट बुक गर्ने ग्राहकहरूलाई स्विस मिलिट्रीका लगेज र ब्याकप्याक कलेक्सनमा विशेष छुट दिइनेछ। टिकट बुकिङपछि ग्राहकले छुटको लागि आवश्यक लिंक वा QR कोड ईमेलमार्फत प्राप्त गर्नेछन्, जसको प्रयोग गरी उनीहरूले स्विस मिलिट्रीको प्रिमियम उत्पादनहरूमा छुट प्राप्त गर्न सक्नेछन्।
    Swiss Military ले हालै नेपालमा आफ्नो आधिकारिक आयात तथा वितरण सुरु गरेको हो। टिकाउ, स्टाइलिश र विश्वस्तरीय ट्राभल गियरका लागि परिचित यो ब्रान्डले आफ्ना उत्पादनहरूमा १० वर्षको वारेन्टी पनि प्रदान गर्दै आएको छ, जुन नेपाली बजारमा पहिलोपटक आएको यस्तो सुविधा हो।

    स्विस मिलिट्री नेपालका प्रतिनिधि वासु सर्राफ भन्छन्, “नेपालको अग्रणी अनलाइन ट्राभल एजेन्सी सस्तो टिकेट्ससँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं। हाम्रो उद्देश्य यात्रुको समग्र यात्रा अनुभवलाई उचाइमा पु¥याउनु हो।”
    सस्तो टिकेट्सका मार्केटिङ प्रमुख विशाल दाहाल ले पनि सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, “हाम्रो उद्देश्य सधैं नेपाली यात्रुहरूलाई सस्तो, सहज र भरपर्दो सेवा प्रदान गर्नु हो। यो सहकार्यमार्फत हामीले ग्राहकहरूलाई यात्रा सुरु हुनु अघि नै उत्कृष्ट अनुभव दिन खोजेका हौं।”

    नेपालको ट्राभल तथा ई–कमर्स क्षेत्रमा यस्तो किसिमको सहकार्य पहिलोपटक भएको हो, जसले अनलाइन बुकिङमार्फत उच्च गुणस्तरीय उत्पादनसम्म सीधा पहुँचको नयाँ अभ्यास सुरु गरेको छ।

    ग्राहकहरूले www.sastotickets.com/offers मा गएर वा स्विस मिलिट्रीको आधिकारिक विक्री कक्षहरूबाट लगेज तथा ब्याकप्याक किन्दा छुटको लाभ उठाउन सक्नेछन्।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com