नेपालमा आधिकारिक रूपमा प्रवेश गर्दै एम्पोरियो अर्मानी, पहिलो शोरूम काठमाडौंमा

नेपालमा आधिकारिक रूपमा प्रवेश गर्दै एम्पोरियो अर्मानी, पहिलो शोरूम काठमाडौंमा

बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • images
    images
    नेपालमा आधिकारिक रूपमा प्रवेश गर्दै एम्पोरियो अर्मानी, पहिलो शोरूम काठमाडौंमा
    images
    images

    काठमाडौं/ इटालियन लक्जरी फेसन ब्रान्ड एम्पोरियो अर्मानी ९भ्mउयचष्य ब्चmबलष्० अब औपचारिक रूपमा नेपालमा प्रवेश गर्न लागेको छ। 


    एक रणनीतिक साझेदारीमार्फत कम्पनीले काठमाडौंमा आफ्नो पहिलो आधिकारिक शोरूम खोल्ने तयारी गरिरहेको छ। आगामी दिनमा ब्रान्डले नेपालका प्रमुख शहरहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ।

    जर्जियो अर्मानीद्वारा स्थापित एम्पोरियो अर्मानी सुरुचिपूर्ण, आरामदायी र आधुनिक फेसनको प्रतीक मानिन्छ। 

    यो ब्रान्डले आफ्ना उत्पादनहरूमा उच्च गुणस्तर, उत्कृष्ट डिजाइन र मिहिन कलाकौशल समावेश गर्दै आएको छ। फेसन डिजाइनरहरूद्वारा तयार पारिएका कपडा, जुत्ता, एक्ससेसोरिज्, बेल्ट, पर्स, ब्याग जस्ता सम्पूर्ण लाइफस्टाइल उत्पादनहरू यस ब्रान्डअन्तर्गत पाइन्छन्।

    नेपाली बजारमा अहिलेसम्म नक्कली र अनधिकृत एम्पोरियो अर्मानीका सामग्रीहरू पाइँदै आएका थिए। तर अब पहिलो पटक उपभोक्ताहरूले असली र आधिकारिक ब्रान्ड अनुभव गर्न पाउने भएका छन्। 

    कम्पनीले नेपालमा शोरूम र फ्रेन्चाइज स्टोर स्थापना गर्ने तयारी गरिरहेको छ, जसले उपभोक्तालाई गुणस्तरीय सेवा र भरोसा दिलाउनेछ।

    एम्पोरियो अर्मानीका नेपाल प्रतिनिधीका अनुसार, “एम्पोरियो अर्मानी केवल फेसन ब्रान्ड होइन, आत्मविश्वास, पहिचान र गुणस्तरको प्रतीक हो। 

    हामी यस्तो विश्वस्तरीय ब्रान्ड नेपाल भित्र्याउन पाउँदा गर्व महसुस गरिरहेका छौं।”

    यस ब्रान्डको आगमनसँगै नेपालमा अन्तर्राष्ट्रिय लक्जरी फेसनको नयाँ युग सुरु हुने विश्वास गरिएको छ। एम्पोरियो अर्मानीको उपस्थितिले नेपाली उपभोक्ताको जीवनशैलीमा नयाँ स्वाद र स्तर थप्ने अपेक्षा गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com