बढ्यो घरजग्गा कारोबार : लिखत पारित गर्नेमा पूर्वी नेपाल र राजस्व सङ्कलनमा काठमाडौँ उपत्यका अगाडि

बढ्यो घरजग्गा कारोबार : लिखत पारित गर्नेमा पूर्वी नेपाल र राजस्व सङ्कलनमा काठमाडौँ उपत्यका अगाडि

बैशाखमा देशभर घरजग्गा कारोबार, कित्ताकाट बृद्धि हुँदा त्यसबाट उठेको राजस्वमा उल्लेख्य वृद्धि

बुधवार, जेठ ७ २०८२
बुधवार, जेठ ७ २०८२
  • images
    images
    बढ्यो घरजग्गा कारोबार : लिखत पारित गर्नेमा पूर्वी नेपाल र राजस्व सङ्कलनमा काठमाडौँ उपत्यका अगाडि
    images
    images

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८१/८२ को बैशाख महिनामा घरजग्गा कारोबारमा बृद्धि भएको छ । बैशाखमा देशभर घरजग्गा कारोबार, कित्ताकाट बृद्धि हुँदा त्यसबाट उठेको राजस्वमा उल्लेख्य वृद्धि भएको हो।

    बैशाख महिनामा देशभर ५२ हजार ४२३ वटा जग्गाको लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ । गत आर्थिक बर्षको बैशाख मसान्तसम्म ४९ हजार ७८२ लिखत पारित भएकोमा यस बर्ष भने सो तुलनामा ५.३० प्रतिशत बढी लिखत पारित भएको हो । 

    सबैभन्दा धेरै लिखत पारित गर्ने मालपोत कार्यालयहरूमा सुनसरीको इनरुवा अगाडि रहेको छ । इनरुवा २ हजार ३५ वटा लिखत पारित गरेर पहिलो स्थानमा छ भने दोस्रो स्थानमा रहेको धुनुषाको जनकपुरधामस्थित मालपोत कार्यलयले १ हजार ७६० वटा लिखत पारित गरेको छ । 

    त्यस्तै, झापाको भद्रपुर मालपोतबाट १ हजार ७११ वटा, मोरङको बेलबारी मालपोतबाट १ हजार ७०१ वटा र सप्तरीको राजविराज मालपोतले १ हजार ५१६ वटा लिखत पारित गरेको छ । 

    दश महिनामा देशभर घरजग्गा कारोबारबाट झन्डै ३८ अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ। विभागका अनुसार साउनदेखि वैशाख मसान्तसम्म कुल ३७ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको हो।

    विभागको तथ्याङ्कअनुसार घरजग्गा कारोबार र कित्ताकाटमा सामान्य सुधार आउँदा राजस्व सङ्कलनसमेत बढेको हो । वैशाख महिनामा चैतको तुलनामा दुवै प्रकारको कारोबारमा उल्लेख्य वृद्धि भएको पाइएको छ।

    विभागको तथ्याङ्क अनुसार, साउनमा ३ अर्ब ८३ करोड ५० लाख, भदौमा ३ अर्ब ९ करोड २ लाख, असोजमा ३ अर्ब ८ करोड १२ लाख र कात्तिकमा सबैभन्दा कम २ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

    यस्तै, मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख, पुसमा ४ अर्ब २५ करोड, माघमा ३ अर्ब ८७ करोड, फागुनमा ४ अर्ब १२ करोड र चैतमा ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

    वैशाख महिनामा भने सबैभन्दा बढी ४ अर्ब ५४ करोड २२ लाख २२ लाख ९६ हजार रुपैयाँभन्दा बढी राजस्व उठेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १७.५५ प्रतिशतले बढी हो। 

    अघिल्लो वर्षको सोही अवधिमा राजस्व ३ अर्ब ८६ करोड ३८ लाख रुपैयाँमा सीमित थियो। सो महिनामा मात्रै ५२ हजार ४२३ वटा नयाँ घरजग्गा किनबेच भएका थिए, जुन चैतमा भएको ४९ हजार ८३२ भन्दा बढी हो। 

    वैशाखमा कूल कारोबार सङ्ख्या १ लाख ४४ हजार ६० पुगेको छ भने चैतमा १ लाख ४७ हजार ४१६ कारोबार भएका थिए।

    सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने मालपोत कार्यालयहरूमा लगनखेल अगाडि रहेको छ । ललितपुरको लगनखेलस्थित मालपोत कार्यालयले यस अवधिमा ३८ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गर्दा डिल्लीबजारबाट ३५ करोड १७ लाख रुपैयाँ, चावाहिल काठमाडौँबाट २८ करोड ८३ लाख रुपैयाँ, कलङ्की, काठमाडौँबाट २८ करोड ९ लाख रुपैयाँ र  भक्तपुरबाट २७ करोड २९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

    त्यस्तै, कास्कीबाट १८ करोड ७९ लाख रुपैयाँ र चितवनबाट १३ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । विभागले यस अवधिमा सेवा करबाट ३२ करोड ७२ लाख रुपैयाँ, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ र पुँजीगत लाभकरबाट १ अर्ब ७१ करोड ४३ लाख रुपैयाँ सङ्कलन गरिएको जानकारी दिएको छ।

    विभागका अनुसार सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, अतिरिक्त शुल्क, डोर सुविधा, नगर पूर्वाधार विकास शुल्क, मुख्यमन्त्री स्वच्छता अभियान कोषलगायत विभिन्न शीर्षकबाट राजस्व सङ्कलन हुन्छ। पुँजीगत लाभकरबाहेक अन्य राजस्व स्थानीय तहमा जाने हुँदा केन्द्रको खातामा सो मात्र रकम जम्मा हुने विभागले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com