‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • images
    images
    ‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै
    images
    images

    काठमाडौँ / ‘रोल्पाः टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदैछ । ‘पर्यटन प्रवर्द्धन मञ्च नेपाल’को आयोजनामा यही जेठ ५, ६ र ७ गते काठमाडौँको नयाँ बानेश्वरस्थित एनबी (नयाँ बानेश्वर) सेन्टरमा रहेको उमोजा कफीमा प्रदर्शनी हुन लागेको हो ।

    प्रदर्शनीमा फोटोग्राफर पृथ्वी पुन (बल्कुराम)ले खिचेका रोल्पाको कला, संस्कृति, परम्परा, इतिहास, पर्यटन विकास र प्राकृतिक सौन्दर्यता झल्काउने ३५ वटाभन्दा बढी फोटोहरू रहने पर्यटन प्रवर्द्धन मञ्च नेपालले जनाएको छ । मञ्चका अनुसार रोेल्पाको इतिहास, प्रकृति र सांस्कृतिको उजार गर्दै पर्यटन विकासमा टेवा पु-याउने उद्देश्यले फोटो प्रदर्शनी गर्न लागिएको हो ।

    फोटो प्रदर्शनीको उद्घाट्न जेठ ५ गते सोमबार दिउँसो ३ बजे पूर्वमन्त्री वर्षमान पुनबाट हुनेछ । फोटो प्रदर्शनीको क्रममा रोल्पाका पर्यटकीयस्थलहरुको चर्चा र पर्यटन विकासबारे अन्तर्क्रियासमेत हुने फोटोग्राफर पुनले जनाएका छन् ।

    फोटोग्राफर पुन पर्यटन अभियन्ता हुन् । रोल्पाको सुनछहरी गाउँपालिका वडा नं.७, डम्फु गाउँका पुन करिब दुई दशकदेखि ग्रामीण पर्यटन विकास एवम् प्रवद्र्धनमा क्रियाशील छन् । 

    उनले फोटोग्राफी सुरु गरेको एक दशक भयो । उनी विशेषतः प्रकृति, संस्कृति र जीवनशैलीका तस्बिर खिच्छन् । साथै, विभिन्न सञ्चार माध्यममा पर्यटनसम्बन्धी लेख–रचना पनि लेख्छन् । 

    उनी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वृत्तचित्र बनाउँछन् । उनले ‘सुनौलो सुन छहरी’, ‘भिरमौरीको सिकार’, ‘जलजला पर्यटन क्षेत्र’, ‘रोल्पा गुराँस पदयात्रा’, ‘दि बडाचौर’लगायतका वृत्तचित्र निर्माण गरिसकेका छन् ।

     उनले रोल्पाका गन्तव्यहरूमा पर्यटकीय चहलपहल बढाउन हेलिटुरसमेत गराउँदै आएका छन्। रोल्पा सदरमुकाम लिबाङबाट जलजला, कोठेभिर र जेलबाङमा बेलाबेलामा हेलिटुर गराउँछन् ।

    उनी ‘खाम पदमार्ग’का परिकल्पनाकार हुन् । रोल्पाको जेलबाङ गाम हुँदै पूर्वी रुकुमको चौंरीखर्क, पेल्मा भएर मैकोटसम्म जोड्ने पदमार्गलाई उनले ‘खाम पदमार्ग’ नामकरण गरेका छन् । 

    उनी ‘गुरिल्ला म्याराथन’का परिकल्पनाकार पनि हुन् । यिनै पर्यटन विकास र प्रवद्र्धनमा सक्रिय पुनले संघीय राजधानीमा फोटो प्रदर्शनी गर्न लागेका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com