प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक प्रहरीले खोस्यो

प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक प्रहरीले खोस्यो

आइतवार, जेठ ४ २०८२
आइतवार, जेठ ४ २०८२
  • images
    images
    प्रशासनको निर्देशन बेवास्ता गरेको भन्दै गायकको माइक प्रहरीले खोस्यो
    images
    images

    रौतहट / बाराको शान्ति टोलमा जारी ‘व्यापारिक तथा सांस्कृतिक महोत्सव’ अनपेक्षित रुपमा शनिबार राति स्थगित गरिएको छ । जितपुर सिमरा उपमहानगरपालिका–२ मा भइरहेको महोत्सवमा राती ९ बजेर ५ मिनेट जाँदा प्रहरीले अवरोध गरेपछि कार्यक्रम स्थगित गरिएको हो । 

    इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा लामा वाइबाको नेतृत्वमा गएको प्रहरी टोलीले कार्यक्रम चलिरहेको अवस्थामा हस्तक्षेप गरी कार्यक्रम रोकेको प्रत्यक्षदर्शीले बताए ।भोजपुरी गायक सुनील पण्डितले आफ्नो प्रस्तुति दिदै गरेको अवस्थामा डीएसपी वाइबाले हातबाट माइक खोसिन् र लाउडस्पीकरको तारसमेत चुँडाइदिएकी थिइन् । यस किसिमको कार्यक्रम राती अबेरसम्म गर्न नपाइने भन्दै तत्काल रोक्न उनले निर्देशन दिएकी थिइन् । 

    कार्यक्रम अवरुद्ध भएपछि आयोजक तथा स्थानीय बासिन्दाहरू निराश भएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी राति अबेरसम्म यस्ता किसिमको कार्यक्रम नगर्न आयोजकलाई यसअघि नै सुझाव दिइएको थियो । प्रशासनको निर्देशनलाई बेवास्ता गरेका कारण कार्यक्रम रोक लगाइएको उनले बताए । 

    प्रशासनले आयोजकलाई ८ बजेपछि कार्यक्रम बन्द गर्न अनुरोध गर्दापनि ९ बजेसम्म पनि कार्यक्रम नरोकिएकाले हस्तक्षेप गर्नुपरेको उनले बताए । अधिकारीले भने,‘रातको समयमा ठूलो आवाजसहित डिजे, अश्लील गीत तथा उश्रृङखल नृत्य निषेधित छ । उहाँहरुलाई पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी गराइएको थियो । तर अटेर गरेपछि प्रहरी नै परिचालन गरेर अवरोध गर्न बाध्य भएका हौं ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com