इन्भटर र मैनबत्तिका दिन आए भन्नेलाई निर्देशक शाक्यले भने – अब नेपालमा त्यस्तो दिन आउँदै आउँदैन

इन्भटर र मैनबत्तिका दिन आए भन्नेलाई निर्देशक शाक्यले भने – अब नेपालमा त्यस्तो दिन आउँदै आउँदैन

शुक्रवार, जेठ २ २०८२
शुक्रवार, जेठ २ २०८२
  • images
    images
    इन्भटर र मैनबत्तिका दिन आए भन्नेलाई निर्देशक शाक्यले भने – अब नेपालमा त्यस्तो दिन आउँदै आउँदैन
    images
    images

    काठमाडौँ / नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपूर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

    शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर अब इन्भटर र मैनबत्तिका दिन आए भन्दै सामाजिक सञ्जालमा अभिव्यक्त भनाइप्रति कत्ति पनि सत्यता नरहेको बताए । 

    उनले भने, “मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर अब इन्भटर र मैनबत्तीको दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्ति पनि सत्यता नरहेको र अब नेपालमा पुनः लोडसेडिङ्ग सुरु हुने दिन आउँदै नआउने व्यहोरा आम उपभोक्तालाई जानकारी गराउदछाँै ।” 

    त्यस्तै, उनले ढल्केवर मुजफरपुर ४०० केभी डबल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या देखिदा विद्युत अचानक अवरूद्ध हुन पुगेको स्पष्ट पारे । 

    वेलुकाको समयमा लोड बढ्ने भएकाले आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको पनि उनले जानकारी गराए ।  

    उनले भने,“ढल्केवर आसपासको क्षेत्रमा अति उच्च वेगका साथ चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभि डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ देखिएको समस्याका कारण नेपालमा सो लाइनमार्फत आपूर्ति हँुदै आएको विद्युत अचानक अवरुद्ध हुन पुगेको थियो । दुवै सर्किटमा आएको समस्या तत्काल समाधान नभएकाले नेपालको मात्र प्रणाली सञ्चालन गरि विद्युत आपुर्ति ब्यवस्था मिलाउन प्रयास गरिएको तर बेलुकाको समयमा बढेर आउने लोडको कारण स्थिर आपूर्ति व्यवस्था मिलाउने प्रयास असफल भएको थियो,” उनले भने । 

    रक्सौल–परवानीपुर, मैनैया–सम्पतिया, कुशहवा–कटैया १३२ केभि लाइनहरूमार्फत नेपालतर्फको विद्युत गृहहरू सञ्चालन गरि आपूर्ति व्यवस्था मिलाउन प्रयास गरिएको उनले जानकारी दिए । उनले थपे, “माग भन्दा कम उत्पादनका कारण सिस्टम स्टेवल नभइ लाइन ट्रिपिङ्ग भइ विद्युत प्रणाली सञ्चालन गर्न सकिएन ।” 

    विद्युत प्रणालीमा देखिएको समस्या दिर्घकालिन रूपमा समाधान गर्नका लागि प्राधिकरण प्रतिबद्ध भन्दै उनले आगामी दिनमा यस्ता समस्या नदोहोरिनका लागि तत्कालिन मध्यकालिन र दिर्घकालिन योजना बनाइ कार्य गरिरहेको पनि जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com