जोखिममा ताल्चा विमानस्थल, निर्माण कम्पनी गायब !

जोखिममा ताल्चा विमानस्थल, निर्माण कम्पनी गायब !

बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • images
    images
    जोखिममा ताल्चा विमानस्थल, निर्माण कम्पनी गायब !
    images
    images

    मुगु / रारा तालको किनारमा रहेको मुगुको ताल्चा विमानस्थलको अवस्था चिन्ताजनक देखिएको छ । विमानस्थलको सेवा प्रवाह एक सानो काठको टहराबाट सञ्चालनमा छ भने चैतर्फी खुल्ला भएका कारण पशु चौपाया र मानिसहरू जथाभावी विमानस्थलभित्र प्रवेश गर्ने गरेका कारण जोखिम बढेको छ ।

    टर्मिनल र टावर भवन निर्माणका लागि जिम्मा लिएको ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले  आर्थिक बर्ष २०७८।०७९ मै निर्माण सम्पन्न गर्नेगरी ८ करोड ६५ लाख रुपैयाँमा जिम्मा लिएको काम हालसम्म पूरा गर्न सकेको छैन ।

    भवन अधुरै र लथालिङ्ख पारेर ठेक्कादार सम्पर्कबिहीन भएको स्थानीयहरूको भनाइ छ । जसका कारण यात्रु र पर्यटकहरूले सास्ती खेपिरहेका छन् । 

    वि.स. २०६० देखि कच्ची धावनमार्गमार्फत हवाई सेवा सञ्चालनमा आएको विमानस्थल वि.स.०७२ मा पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएर हालसम्म सञ्चालनमा छ । तर, जोखिम बढ्दो छ । विमानस्थलदेखि सडकसम्म आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा थप समस्या भएको छ । 

    उत्तर–दक्षिणतर्फ पहिरोको जोखिम बढिरहेको, टर्मिनल र टावर भवन निर्माण नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको स्थानीयबासीको गुनासो छ । विमानस्थलको चारैतिर लगाइएको घेरावार ठाउँ ठाउँमा भत्काउने, चोर्ने गरेकाले सुरक्षा चुनौति थपिएको छ ।  

    जहाज अवतरण गर्ने समयमा नेपाल प्रहरीले ठाउँ ठाउँमा सुरक्षा दिने गरेको भए पनि पशु चौपायाहरू प्रवेशमा रोक्न कठिन भइरहेको विमानस्थलको सुरक्षा गार्ड कार्यालयका निमित्त प्रमुख मिल बरियाले बताए ।
     
    “पशु–चौपायहरू एयरपोर्ट भित्र आउने गरेकाले ठूला चौपायको एक हजार र साना पशुहरूको पाँच सय जरिवाना लिनेगरी निर्णय भएको तर साँझ विहान पशु प्रवेश गर्ने गरेका छन् । ताल्चामा अहिले पूरानो काठकै भवन र टहरामा जोखिम मोलेर सेवाप्रवाह भइरहेको छ । सामान्य हावाहुरी चल्दा पनि सेवा प्रवाहमा समस्या हुने गरेको छ । ओमबुद्ध कन्स्ट्रक्सन कम्पनीको लापरवाहीका कारण भवन निर्माण हुन नसक्दा जोखिम बढेको छ,” उनले भने । 

    विमानस्थल पर्यटकीय हिसावले महत्त्वपूर्ण भए पनि घेरावारा, वैकल्पिक बाटो नहुनु, धावन मार्गको छेउछाउ बर्षेनी भासिदै जानेको गरेको यात्रु जय बहादुर मल्लले बताए । विमानस्थलबाट दैनिक तारा, गोमा, सिता जहाजले उडान भर्ने गरेका छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com