गरिमा विकास बैंकको नयाँ शाखा स्याङ्जाको विरुवा र अर्जुन चौपारीमा

गरिमा विकास बैंकको नयाँ शाखा स्याङ्जाको विरुवा र अर्जुन चौपारीमा

बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • images
    images
    गरिमा विकास बैंकको नयाँ शाखा स्याङ्जाको विरुवा र अर्जुन चौपारीमा
    images
    images

    काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले बैशाख ३१ गते बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ् सेवा प्रवाह गर्दै आइरहेको गरिमा विकास बैंकले एकै पटक दुई स्थानमा शाखा सञ्चालन गरेको हो । 

    विरुवा शाखाको उद्घाटन विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवर र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गरे । त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरूङ र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गरेका हुन् । 

    उद्घाटन कार्यक्रमहरूमा गाउँपालिका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । 

    सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरूबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म÷कम्पनी तथा अन्य संघसंस्थाहरूलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ । 

    हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिनमार्फत करिब ९ लाख ग्राहकहरूलाई बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com