काठमाडौँ / सरकारले राजमार्गका करिडोरलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाइने घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
‘पुष्पलाल मध्यपहाडी, मदनभण्डारी वीपी राजमार्ग करिडोरलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाइनेछ ,’ उनले भने । साथै कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय एकीकृत कृषि आधुनीकीकरणमा कार्यन्वयन गरी अघि बढाइने बताए ।