शनिबारको राशिफल : आज दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

शनिबारको राशिफल : आज दिन तपाईँको लागि कति शुभ कति अशुभ ?

शनिवार, असार २१ २०८२
शनिवार, असार २१ २०८२
  • images
    images
    शनिबारको राशिफल : आज दिन तपाईँको लागि कति शुभ कति अशुभ ?
    images
    images

    आज मिति वि.सं. २०८२ साल आषाढ २१ गते, शनिबार तदनुसार ईश्वी सन् २०२५ जुलाई ५ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, दशमी तिथी, बेलुकी ६ः४० बजेपछि एकादशी, स्वाती नक्षत्र, बेलुकी ८ः२४ बजेपछि विशाखा, आनन्दादिमा–सिद्धि योग, चन्द्रराशि–तुला ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    फेन्सी तथा बिलासी वस्तुको व्यापारबाट लाभ मिल्नेछ। साझेदारी वा एकल व्यवसायमा लगानी बढाएर आम्दानी गर्न सकिनेछ। आर्थिक पक्ष सबल रहनुका साथै नयाँ योजनाहरू सुरू गर्न अनुकूल समय छ। यात्राबाट व्यापारिक अवसर खुल्न सक्छ। आम्दानी बढ्नेछ तर खर्च पनि बढ्न सक्छ, गोप्य रूपमा योजना अघि बढाउनु उपयुक्त हुनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आफन्त र मावली पक्षको सहयोगले व्यापारमा प्रगति हुनेछ। शत्रुहरू निष्क्रिय बन्दै जान्छन्, प्रतिस्पर्धामा विजयी भइनेछ। नयाँ योजना सुरू गर्न अनुकूल समय छ, रोकिएका काम बन्नेछन्। व्यापार तथा पेशामा आर्थिक स्रोत जुट्नेछ र आकस्मिक लाभको सम्भावना पनि छ। सहयोगीहरूको साथ, आत्मविश्वास र स्वास्थ्य बलियो रहँदा मनग्गे आम्दानी हुने संकेत देखिन्छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    आज उपहार र चिट्ठा प्राप्तिको राम्रो सम्भावना छ भने भौतिक सम्पत्तिमा लाभ मिल्नेछ। व्यापारमा लगानी बढाउँदा मनग्य आम्दानी हुनेछ। सन्तानको सहयोग र प्रगति देखिनेछ, जसले उत्साह थप्नेछ। नयाँ अवसरहरू प्राप्त भई संघ(संस्थासँगको सम्बन्ध बलियो बन्नेछ। कृषि र पशुपालनमा समेत फाइदा हुने समय छ। पारिवारिक वातावरण आत्मीय हुनेछ भने माया प्रेममा सामीप्यता बढ्नेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आज आफ्नै नजिकका व्यक्तिबाट काममा अवरोध र खुट्टा तान्ने प्रयास हुन सक्छ। व्यापारमा लगानी गर्न हतार नगरी धैर्य गर्नु उपयुक्त हुनेछ। पुराना सम्झौता तोडिँदा मन खिन्न भए पनि कृषि, पशुपालन र पारिवारिक पेशाबाट आम्दानी सम्भव छ। साझेदारी समस्या सुल्झिएर दीर्घकालीन योजनामा अघि बढ्न सकिनेछ। सकारात्मक सोच र मान्यजनको सल्लाहले रोकिएका काम सफल बन्नेछन्।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    सानो प्रयासले राम्रो लाभ मिल्नेछ भने रोकिएका र नयाँ कामहरू अघि बढ्नेछन्। व्यापारमा परिवारको साथ रहनेछ र उद्योगमा फाइदा मिल्नेछ। साथीहरूको सहयोगले सफलता हात लाग्नेछ, प्रतिस्पर्धीहरू परास्त हुनेछन्। उपहार प्राप्त हुने सम्भावना छ। तर सवारी र घरजग्गाको कारोबारमा सजग रहनु उपयुक्त हुनेछ। कर्मको उचित प्रतिफल पाइनेछ र समाजमा प्रतिष्ठा बढ्नेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    आज बोलीको मिठासबाट काम बनाउन सकिने दिन हो। गीत-सङ्गीत, कला वा भोजनसम्बन्धी व्यवसायमा संलग्नहरूका लागि आम्दानीको राम्रो अवसर छ। दिगो र नयाँ कामहरू सुरु हुने संकेत देखिन्छ। परिवारमा आत्मीयता बढ्नेछ भने जमघट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। लोकप्रियता र प्रशंसा प्राप्त भई भौतिक सुविधा जुटाउने समय पनि यही हो। आर्थिक लाभले व्यक्तिगत इच्छाहरू पूरा गर्न सकिनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आज आफन्त र अग्रजसँग विवाद हुने सम्भावना छ भने गैरन्यायिक कामबाट दण्डको जोखिम रहन्छ। स्वास्थ्यमा समस्या आउन सक्छ र खर्च बढ्नेछ। माया प्रेममा धोका हुनसक्नेछ, तर विदेशी सामानको व्यापारमा फाइदा मिल्नेछ। लामो दूरीको यात्रा तथा नयाँ आर्थिक अवसर खुल्नेछ। मिहिनेतको फल पाइनेछ भने सामाजिक प्रतिष्ठा बढ्नेछ। गोपनीयताको ख्याल राख्दै अघि बढ्दा सफलता मिल्नेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    माया प्रेममा सामीप्य बढ्नेछ र दम्पतीबीच सम्बन्ध सुधारिनेछ। दाजुभाइबाट आर्थिक सहयोग पाइनेछ भने मनोकामना पूरा हुनेछन्। व्यापार र लगानीबाट मनग्गे आम्दानी बढ्ने सम्भावना छ। परिवारसँग रमाइलो भ्रमण र मिष्टान्न भोजनको अवसर मिल्नेछ। स्वास्थ्यमा सावधानी राख्दै नयाँ काम प्रारम्भ गर्न उपयुक्त समयको प्रतीक्षा गर्न सुझाव छ। खर्चका विषयमा सजग रहनुपर्छ, तर सहयोगीहरूको साथले चुनौतीहरू पार गर्न सकिनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    जानकारी अभावका कारण कामहरू बिग्रने र आलोचना हुने सम्भावना छ। आर्थिक पक्ष कमजोर हुँदै व्यापारमा मन्दी आउन सक्ने छ। खर्च आम्दानीभन्दा बढी हुनेले पैसाको व्यवस्थापनमा कठिनाइ हुनेछ। माया प्रेममा अविश्वास बढ्ने छ भने राजनीति र समाजसेवामा सम्मान कम हुन सक्छ। यद्यपि, परिवारसँग रमाइलो यात्रा र मनोरञ्जनको समय बित्नेछ। नयाँ रोजगार प्रस्ताव र पदोन्नतिको सम्भावना छ। मेहनतले राम्रो फल दिनेछ र व्यापारमा फाइदा मिल्ने संकेत देखिन्छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    पैतृक सम्पत्ति प्रयोग गर्दा विवाद हुने सम्भावना छ भने कार्यक्षेत्रमा नकारात्मक टिप्पणी र खुट्टा तान्नेहरू सक्रिय हुनेछन्। व्यापारमा मन्दी आउन सक्छ र प्रेममा नजिक भए पनि भावनाको कमीले दूरी बढ्न सक्छ। यद्यपि पारिवारिक जमघट, रमाइलो भोजन, यात्रा र मनोरञ्जनका अवसर मिल्नेछन्। नयाँ सम्पर्क र सेवामूलक कामबाट लाभ हुनेछ। रोकिएका काम दोहोर्याएर गर्नाले मिहिनेत सफल हुनेछ र थोरै लगानीबाट पनि व्यापारमा नाफा हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    भाग्य र समयले साथ दिँदा आटेको काम सजिलै पूरा हुनेछ। सामाजिक क्षेत्रमा जनताको सेवा गर्ने अवसर मिल्नेछ भने अध्ययन र धार्मिक कार्यबाट मनग्गे धन आर्जन हुनेछ। प्रेममा रमाइलोपना बढ्नेछ र यात्रा तथा मनोरञ्जनका अवसर रहनेछन्। व्यवसायमा सुधार आउनेछ, नयाँ काम सुरु गर्न सकिनेछ। प्रतिष्ठा बढ्ने र पदीय जिम्मेवारी पाउने सम्भावना छ। टाढिएका साथीभाइ नजिकिने र अनपेक्षित अवसरले मन प्रफुल्लित हुने दिन हो।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आज आफन्त र दिदीबहिनीहरूसँग मनमुटाव हुने सम्भावना छ। व्यापारमा समय दिन नसक्दा घाटा हुन सक्छ। माया–प्रेममा धोका र दाम्पत्य जीवनमा घटपट आउन सक्नेछ। सामान्य स्वास्थ्यमा समस्या र उपचार खर्च बढ्नेछ। पढाइ–लेखाइमा ध्यान दिन नसक्दा पछाडि पर्ने चिन्ता रहनेछ। सवारीसाधन प्रयोगमा विशेष सावधानी अपनाउनुहोला। राजनीतिक तथा प्रशासनिक क्षेत्रमा बाधा आउन सक्छ। चुनौतीपूर्ण जिम्मेवारी र आकस्मिक समस्याले काममा ढिलाइ हुनेछ, तर नियमित काम भने चलिरहनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com