माछापुच्छ्रे बैंक र सि.बि.एल. मनि ट्रान्सफर बिच रेमिट्यान्स सेवा सम्झौता, मलेसियाबाट पैसा पठाउन सहज

माछापुच्छ्रे बैंक र सि.बि.एल. मनि ट्रान्सफर बिच रेमिट्यान्स सेवा सम्झौता, मलेसियाबाट पैसा पठाउन सहज

सोमवार, बैशाख १५ २०८२
सोमवार, बैशाख १५ २०८२
  • images
    images
    माछापुच्छ्रे बैंक र सि.बि.एल. मनि ट्रान्सफर बिच रेमिट्यान्स सेवा सम्झौता, मलेसियाबाट पैसा पठाउन सहज
    images
    images

    काठमाडौं/ विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लि. ले मलेसियास्थित सि.बि.एल. मनी ट्रान्सफरसंग औपचारिक सम्झौता गरेको छ । 

    माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ मलेसियास्थित सि.बि.एल. मनि ट्रान्सफरसँग सहकार्य गरि यहि मिति २०८२/०१/ १५ गते सोमबार देखि  विधिवत रुपमा रेमिटेन्स सेवा शुरुवात गरेको हो ।

    रेमिट्यान्स सम्बन्धि उक्त सम्झौतापत्रमा सि.बि.एल. मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर  गरेका हुन् । 
     
    उक्त सम्झौतापछि अब मलेसियामा रहेका नेपालीहरुले मलेसियास्थित सि.बि.एल. मनी ट्रान्सफरका १५ वटा शाखा, र सि.बि.एल. मनी ट्रान्सफरको सिटी रेमिट एप बाट MBL REMIT गरि नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत नेपाल भरि सजिलै भुक्तानी लिन सकिनेछ ।


    साथै सि.बि.एल. मनी ट्रान्सफर र सिटी रेमिट एपबाट MBL REMIT गरि पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था बैंकले मिलाएको छ । 

    मलेसियामा रहेका नेपाली कामदारहरूको सुबिधाको लागि माछापुच्छ्रे बैंकले मलेसियाकै मोबाइल नम्बरमा माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप (MBL M-Smart)  को सेवा पनि उपलब्ध गराएकोछ ।

    स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंक लि. पुर्व देखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १७ लाख भन्दा बढि ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com