तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मी र तातो हावा चल्ने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मी र तातो हावा चल्ने, सतर्कता अपनाउन मौसमविद्को आग्रह

शुक्रवार, बैशाख १२ २०८२
शुक्रवार, बैशाख १२ २०८२
  • images
    images
    तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मी र तातो हावा चल्ने, सतर्कता अपनाउन मौसमविद्को आग्रह
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसारनेपालमा मूख्यतया स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। हाल देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।

    साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भई रहेको छ ।

    आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    त्यस्तै, यी प्रदेशहरूको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेश र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    यसैगरी, भोलि शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेश र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । 

    मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ। 

    मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मी र लुम्बिनी प्रदेशका तराईका भूभागहरूमा तातो लहरको समेत सम्भावना रहेकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गको पनि सम्भावना रहेकोले त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्को अनुरोध छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com