वैदेशिक व्यापारमा सुधारको सङ्केत, आयात १२.१८ प्रतिशतले घट्दा निर्यात ६५.१६ प्रतिशतले वृद्धि

वैदेशिक व्यापारमा सुधारको सङ्केत, आयात १२.१८ प्रतिशतले घट्दा निर्यात ६५.१६ प्रतिशतले वृद्धि

व्यापार घाटा अघिल्लो वर्षको तुलनामा ६.४५ प्रतिशतले मात्रै वृद्धि भई ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ।

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • images
    images
    वैदेशिक व्यापारमा सुधारको सङ्केत, आयात १२.१८ प्रतिशतले घट्दा निर्यात ६५.१६ प्रतिशतले वृद्धि
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ९ महिना (साउनदेखि चैतसम्म) मा नेपालको वैदेशिक व्यापारमा सुधारको सङ्केत देखिएको छ। विशेष गरी निर्यातमा ६५.१६ प्रतिशतले वृद्धि भएको छ भने कुल वैदेशिक व्यापार १६.८९ प्रतिशतले बढेको देखिन्छ।

    भन्सार विभागको विदेश व्यापार सम्बन्धी सार्वजनिक विवरण अनुसार, २०८०/८१ को पहिलो ९ महिनामा मुलुकले १ खर्ब १३ अर्ब ९४ करोड बराबरको वस्तु निर्यात गरेकोमा चालु वर्षको सोही अवधिमा यो आँकडा बढेर १ खर्ब ८८ अर्ब १९ करोड पुगेको छ।

    त्यसैगरी आयाततर्फ पनि १२.१८ प्रतिशतले वृद्धि भई कुल १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। यससँगै व्यापार घाटा भने अझै उच्च रहेको छ ।

    व्यापार घाटा अघिल्लो वर्षको तुलनामा ६.४५ प्रतिशतले मात्रै वृद्धि भई ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँमा सीमित भएको छ।

    विदेश व्यापारमा निर्यातको हिस्सा ८.८९ प्रतिशतबाट बढेर १२.५७ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ९१.११ प्रतिशतबाट घटेर ८७.४३ प्रतिशतमा झरेको छ। यसले आयातमुखी अर्थतन्त्रमा केही सन्तुलन आउने सङ्केत गरेको छ।

    विश्लेषकहरूका अनुसार यो सुधारको प्रमुख कारण आन्तरिक उत्पादनको प्रवर्द्धन, सरकारी निर्यात नीतिको प्रभाव र केही प्रमुख वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा माग वृद्धि हो।

    यद्यपि, आयात-निर्यात अनुपात अझै पनि ६.९६ मा सीमित छ, जसले अझै नेपालको व्यापार घाटा नियन्त्रण गर्न चुनौती रहेको संकेत गर्दछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com