यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो

आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • images
    images
    यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो
    images
    images

    अमेरिकी हवाइ सेनाले यमनको ‘रास इसा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । १७१ जना घाइते भएका छन् ।

    अमेरिकाले इरान समर्थित हुथी विद्रोहीलाई लक्षित गर्दै यमनको ‘रास इशा’ इन्धन बन्दरगाहमा गरेको हवाई आक्रमण गरेको हो ।

    रेड सी पोर्ट अथोरिटीका अनुसार, कुनै समय यमनको कच्चा तेल निर्यात र तेल तथा ग्यासका व्युत्पन्न उत्पादनहरूको आयातको लागि प्रयोग गरिने बन्दरगाह क्षतिग्रस्त भएको छ । तेल ट्याङ्की, पाइपलाइन, मेसिन र सवारी साधनहरु नष्ट भएका छन् ।

    बन्दरगाहमा काम गर्ने कर्मचारीहरूले सर्वसाधारणलाई लक्षित गरी गरिएको आक्रमणप्रति आपत्ति जनाएका छन् ।

    ‘रास इसा’ बन्दरगाहमा क्रूर आक्रमण भयो । यो एक नागरिक बन्दरगाह हो । यहाँ कुनै हतियार र सेना छैनन् । यो एक नागरिक बन्दरगाह हो,’ बन्दरगाहका निर्देशक इब्राहिम मुक्बिलले भने ।

    ‘हामीले बिहीबार राति ०८ः३० बजे काम सुरु गर्यौं । र हवाई हमला राति ०९ः०० बजे सुरु भयो । काम गरिरहेको बेला हामीमाथि बम खसालियो । हामी सशस्त्र लडाकुहरू नभई केवल नागरिक र बन्दरगाहका कामदार हौं । हामी निहत्था थियौं,’ यमनी तेल कम्पनीका कर्मचारी सुलेमान मकबौलीले भने ।

    अमेरिकी पक्षले आक्रमणको उद्देश्य बन्दरगाहलाई ध्वस्त पार्नु हो र  हुथी समूहको इन्धन आयात बन्द गर्दै अर्थतन्त्रमा असर पार्ने रहेको छ । आक्रमणले यमनमा इन्धनको अभाव निम्त्याउने सम्भावना देखिएको छ । जसले गर्दा यसको मानवीय संकट झनै बढ्ने देखिएको छ । 

    राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकाले यही मार्च १५ देखि हुथी विद्रोही लक्षित व्यापक हवाई र नौसैनिक आक्रमण सुरु गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com