बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • images
    images
    बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो
    images
    images

    काठमाडौँ / वसन्तपुर शिवपार्वती डबलीमा तान्त्रिक बौद्ध नृत्यमा आधारित चर्या नृत्यहरूको प्रदर्शनी गरिएको छ । काठमाडौँ महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले विश्व सम्पदा दिवसको अवसर पारेर ध्यान, अनुष्ठान र उत्सवका अवसरमा प्रदर्शन गरिने नृत्य प्रस्तुत गरेको हो ।

    यस्ता नृत्यह बज्राचार्यहरूले गुप्त रूपमा गर्ने गरेका छन् । महानगरपालिकाको सांस्कृतिक महानगर स्वर्णिम योजनाका फोकल पर्सन धर्म मुनिकारका अनुसार अमूर्त सम्पदाको प्रवर्धन र पुस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको हो ।  

    देवीदेवताको भावमा देव कलाकारहरूले प्रस्तुत गरेको नृत्यमा स्वयम्भूराज शाक्य र सुमन कपालीले गायन प्रस्तुत गरेका थिए । 

    उनीहको गायनमा षोडष लास्य, अन्नपूर्ण देवी, महामञ्जुश्री, आर्यतारा देवी, बज्रयोगिनी देवी, रक्त गणेश, अबलोकितेश्वर, वज्रपाणी बोधिसत्व र पञ्चवुद्ध स्तोत्र नृत्य प्रदर्शन गरिएको थियो । 

    षोडष लास्य नृत्य पञ्च बीजाक्षर (मन्त्रको पहिलो अक्षर)बाट उत्पत्ति भएका १६ देवीहरूको भाव नृत्यको हो । देवीहरू मण्डलाकारमा बसेर बाद्यबादनको धुनसँगै मुख्य देवताको पञ्चोपचार पूजा यस नृत्यको कथा हो । 

    नृत्यमा समेटिएको अन्नपूर्ण देवीको मन्दिर काठमाडौँको असनमा छ । आठ वटा हातमा शक्ति लिएकी तीनवटा नेत्रले दृष्टि प्रदान गर्ने देवीको महिमा समृद्धि प्रदान गर्ने शक्तिका रूपमा प्रख्यात छ ।

    उनले आफूसँग भएको शक्तिलाई प्राणीहरूको अहित गर्नेहको नाश गर्न प्रयोग गर्छिन् भन्ने विश्वास गरिन्छ । अन्नले भरिएको कलश अन्नपूर्णको बिम्ब हो । 

    उपत्यकामा भएको पानीको ठूलो दहलाई चन्द्रहास आकारको खड्गले काटेर उपत्यकालाई बस्ती योग्य बनाउने महामञ्जुश्रीलाई नेपाल मण्डलको स्थापनासँग जोडेर हेर्ने गरिन्छ । 

    पहेँलो वर्ण भएका, चारवटा हातमध्ये दायाँ हातमा चन्द्रहास खड्ग र धनुष, वायाँ हातमा प्रज्ञा पुस्तक र वाण लिएका महामञ्जुश्रीलाई वुद्ध ज्ञान प्रदान गर्ने शक्तिका रूपमा हेर्ने गरिन्छ । 

    आर्यतारा देवीले आँखाबाट जगतलाई डरमुक्त गराउने, शान्त, स्वच्छ र निर्मल भएर प्राणीहरूलाई अकाल मृत्यबाट बचाउने नारी शक्तिका रूपमा पूजा गरिन्छ । हरियो वर्णकी देवी ललित आसनमा हुन्छिन् । देवीले श्रद्धालुहरूलाई बुद्ध ज्ञानबाट पारङ्गत गराउँछिन् भन्ने विश्वास पाइन्छ । 

    दुःख पाएकाहरूलाई कणा राख्ने, दया गर्ने देवी वज्रयोगिनी नृत्य आकर्षक थियो । प्रत्यालिंधा आसनमा बसेर ताण्डव नृत्य गर्ने देवीले राग, द्वेष र मोह त्यागेर मोक्षको बाटो देखाउने विश्वाश गरिन्छ । 

    रक्त गणेशलाई जगतको पालनाकर्ता र रक्षकका पमा अर्चना गरिन्छ । दशवटा पाखुरामा उनको शक्ति हुन्छ । रक्त गणेशलाई सुखदाताका रूपमा पनि पूजा गरिन्छ । 

    अवलोकितेश्वर चर्या, जगत पालनासँग सम्बन्धित देवनृत्य हो । दायाँ हातमा अभय वरदान, वायाँ हातमा निर्मल, निलो रङ्गको कमलको फूल लिएका अवलोकितेश्वर प्राणी रक्षार्थ ३ लोकमा विराजमान भएको विश्वाश गरिन्छ । 

    बुद्ध शासनको रक्षाका लागि प्रकट भएका बज्रपाणी बोधिसत्व चर्या नृत्य प्रस्तुतिले उपत्यकाबासीको धार्मिक आस्थालाई विम्बका रूपमा प्रकट गरेको थियो । दायाँ हातमा बज्र र वायाँ हातमा घण्ट लिएका बोधिसत्वको रङ्ग निलो हो । 

    वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अभिताव र अमोघसिद्धि पञ्चवुद्ध हुन् । प्रत्येक वुद्धका अन्तरनिहित विशेषता छन् । हरेका आफ्नै रङ्ग, मुद्रा, दिशा र अन्तरदृष्टि छन् । बौद्ध धर्माबलम्बीहरूका लागि पञ्चवुद्धको स्थान उच्च छ । बिध्नबाधा नाश गरेर बुद्ध ज्ञानबाट निर्वाणको बाटो देखाउने बज्रयानी र महायानी परम्परा छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com