स्थानीय र पश्चिमी वायुको प्रभावले कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

स्थानीय र पश्चिमी वायुको प्रभावले कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?

शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • images
    images
    स्थानीय र पश्चिमी वायुको प्रभावले कहाँ कहाँ छ मेघगर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। 

    कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ । 

    शनिबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

    आइतबार कोशी प्रदेश लगायत देशको पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

    कोशी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।

    मेघगर्जन र चट्याङ्ग, वर्षालगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com